देशको प्रधानमन्त्री देउवाको मानमर्दन गर्ने काम बसबाट भयो ?
तर यो परिस्थीति किन र कसरी आयो भन्नेबारे शुष्म विश्लेषण जरुरी छ । प्रधानमन्त्रीको मानमर्दन हुनु भनेको लोकतान्त्रिक पद्धती र हामी नेपालीको संस्कृतिकै मानमर्दन हो । मुलुकको सबै भन्दा ठुलो पार्टी नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्रीका विषयमा सार्वजनिक रुपमा जसरी खिल्ली उडाइयो, त्यसले समग्र राष्ट्रलाई नै कमजोर बनाउँछ । व्रिटिस ब्रोकाष्टिङ कर्पोरेसन (विविसी)को आवरणमा विदेशी सहयोगबाट सञ्चालित ‘साझा सवाल’ले मुलुकको प्रधानमन्त्रीसंगको कार्यक्रममा जुन ढंगको तयारी र गम्भिरता अपनाउनु पर्ने हो त्यो देखिएन । बरु प्रधानमन्त्री माथि हल्का र पूर्वाग्रही ढंगको प्रश्नहरु तयार पारेर सार्वजनिक प्रशारणको माध्यमबाट अपमानित गर्ने कार्य भएको छ । यतिबेला मुलुकको राजनीतिक आवश्यकता तीन तहको निर्वाचन सम्पन्न गराएर संविधानलाई पूर्ण कार्यान्वयन गराउनु हो । जुन कामले राजनीतिक स्थीरताको निर्माण गरी आर्थिक विकासको ढोका खोल्ने आम अपेच्क्षा छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलता पूर्वक देउवाकै नेतृत्वमा सम्पन्न भएको हो । सोही कार्यक्रममा प्रधानमन्त्रीले प्रदेश र केन्द्रको निर्वाचन निर्धारित समय भित्रै सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । जुन निकै सकारात्मक विषय हो । प्रायोजित रुपमा तयार पारिएको प्रश्न र योजनाबद्ध ढंगबाट ल्याइएको ‘दर्शक’बाट प्रधानमन्त्रीलाई अपराधी जस्तै गरी बेतुके प्रश्न गर्नु कहाँसम्म उचित हो ? देउवाको बोली प्रष्ट छैन् । यो यर्थात हो । मानविय कमजोरीलाई उपहासको विषय बनाउन पाइन्छ ? मुलुकको प्रधानमन्त्री माथि जे जस्तो व्यवहार भयो, त्यो खेद जनक छ ।
प्रम देउवासँगको यो छलफल बीबीसीले यति बेला नै किन आवश्यक ठहर्यायो? देशमा दोस्रो चरणको स्थानीय तहको चुनावको मतगणना भै रहेको अवस्थामा प्रधानमन्त्रीसँग यो एजेण्डाविहिन छलफल कार्यक्रमको के आवश्यकता थियो? वास्तवमा, बीबीसी मिडिया एक्सनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न थालेको छ। यसभन्दा अघि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको अन्तर्वार्ता पनि यही हस्तक्षेपको क्रममा आएको हो। बीबीसीले सुशीलाका लागि बोल्ने मन्च बनाइ दियो। उनले आफनो मनको भँडास पोखिन्। नेपाली समाजलाई त्यसको फाइदा के भयो त? बीबीसीले ‘एक्सन’ गरे पुग्छ कि दायित्व पनि लिनु पर्छ? प्रधानमन्त्री देउवासँग उनको आफ्नै पार्टीभित्रको एउटा सानो वर्ग, काठमाडौँको एलिट भनिने ‘अक्सफोर्ड’ समूह र प्रमुख प्रतिपक्षी एमालेका समर्थकहरु सन्तुष्ट थिएनन्। एमालेसँग मिलेर शासन गरिरहेको माओवादीलाई कांग्रेस–माओवादीको संयुक्त सरकार बनाउने व्यूह रचना देउवाले नै गरेका थिए। बीबीसीको साझा सवालले देउवाविरुद्ध थीम तयार पारेर सुनियोजित ढंगले ‘मिडिया एक्सन’ गरेको थियो।
कुरा साझा सवालको मात्र होइन प्रधानमन्त्री देउवा विरुद्ध साझा सवालमा मात्रै मानमर्दन गरिएको होइन । उनी प्रधानमन्त्री बन्ने चरणमै अतिरञ्जीत ढंगबाट प्रचारवाजी र आलोचनाहरु सुरु भएका थिए । सबै पार्टीका आ–आफ्नै दृष्टिकोण र योजनाहरु हुन्छन् । पार्टीको रणनीति र प्राथमिकता हुन्छन् । पार्टी सभापतिका रुपमा उनले गरेका निर्णयहरुलाई लिएर जुन ढंगको आक्रमण भयो, त्यो बदनियतका साथ गरिएका थिए । उनी प्रधानमन्त्री भए देखिनै देउवा कामै नलाग्ने व्यक्ति हुन, अव सुध्रिने मौका छ भन्ने आसयबाट मदनाम गराइयो । देउवा कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित सभापति मात्रै होइनन्, जनताबाट निर्वाचित जनप्रतिनिधि र निर्वाचित संसदीय दलका नेता पनि हुन । त्यहि आधारमा मुलुकको प्रधानमन्त्री बनेका हुन । लोकतन्त्रका लागि सम्पूर्ण जीवन सर्मपण गरेका संघर्षशिल नेतालाई एउटा खलपात्रका रुपमा चित्रण गरेर अतिरञ्जीत प्रचार गर्नुको पछाडी पूर्वाग्रबाहेक अरु के हुन सक्छ ?
प्रायोजित रुपमा तयार पारिएको प्रश्न र योजनाबद्ध ढंगबाट ल्याइएको ‘दर्शक’बाट प्रधानमन्त्रीलाई अपराधी जस्तै गरी बेतुके प्रश्न गर्नु कहाँसम्म उचित हो ? देउवाको बोली प्रष्ट छैन् । यो यर्थात हो । मानविय कमजोरीलाई उपहासको विषय बनाउन पाइन्छ ? मुलुकको प्रधानमन्त्री माथि जे जस्तो व्यवहार भयो, त्यो खेद जनक छ ।
रमिते कांग्रेस विडम्बनाको कुरा के छ भने आफ्नो सभापति माथि निकै तल्लो स्तरमा अतिरञ्जीत ढं्रगबाट आक्रमण हुँदा, कांग्रेसका नेता कार्यकर्ताहबाट गतिलो प्रतिरक्षा भएको देखिएन । बरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उनको हुर्मत लिने कामको सहयोगी बनेको देखियो । कांग्रेस निकट लेखक, बुद्धिजीवि र बौद्धिक नेताहरुको मौनता आश्चर्य लाग्दो र रहस्यमय छ । नेतृत्वमाथि अनेक लान्छना लगाइदा रमिता हेरेर बस्ने कांग्रेसी संस्कार उदेक लाग्दो छ । कमजोरी देउवाको पनि कार्यक्रमका विषयमा प्रधानमन्त्री देउवाको पनि कमजोरी देखियो । सबै भन्दा ठुलो कमजोरी उनको सचिवालयको हो । कार्यक्रमको प्रकृति, उद्देश्य र त्यसभित्र लुकेको नियत बुझेर उनलाई सचेत गराइएको देखिएन । प्रधानमन्त्री जस्तो व्यक्ति कुन कार्यक्रममा सहभागी हुने र कसलाई अन्तवार्ता दिने भन्ने पूर्व तयारी सचिवालय वा प्रधानमन्त्रीको टिमले गर्न जरुरी थियो । सञ्चार सम्बन्धी कार्यक्रम भएकाले उनी निकट सञ्चारकर्मीहरुले यस्ता विषयमा बेलैमा सचेत गराउनु पर्दथ्यो । अघिपछि घुम्ने र जुन कुरालाई पनि ठिक छ हजुर भनेर गुलामी गर्ने परम्पराले गर्दा देउवा फसेका हुन । प्रधानमन्त्रीको सचिवालयले पूर्णता नपाए पनि उनका समुह भित्र सबै क्षेत्रका व्यक्तिहरु रहेको देखिन्छ । उक्त कार्यक्रमको नियत र उद्देश्य जे जस्तो भए पनि प्रश्न गर्ने नेपाली नागरिक नै हुन । सार्वजनिक प्रशारणमा जाने कार्यक्रम भएकाले पनि देउवाले उठेका प्रश्नको धैर्यता पूर्वक, तार्किक ढंगबाट सामना गर्नु पथ्र्यो ।त्यसो भएको देखिएन । _ News Source : राष्ट्रपुकार