नागरिक पोष्ट News


अब लाइसेन्स लिन ‘रोड टेस्ट’ एक घण्टा ‘अवेरनेस क्लास’ र नो राइट टर्न’ लागू

7.1K
 काठमाडौंमा ट्राफिक प्रहरीले यातायात ब्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न योजना अघि सारेको छ । जसमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनुअघि रोड टेस्ट गर्नेदेखि ‘नो राइट टर्न’ लागू गर्ने सम्मका छन् । अहिले लिखित पास गरेर ट्रायल उत्तीर्ण गरेपछि लाइसेन्स दिइन्छ । तर, अब यातायात व्यवस्था विभागसँगको सहकार्यमा लिखितपछि अब रोड र ह्यान्डलिङ टेस्ट  र  रोडमै पनि सवारी चालकको प्रयाक्टिकल टेस्ट लिइनेछ ।  त्यसपछि एक घण्टा चालकलाई ‘अवेरनेस क्लास’ पनि लिने ट्राफिकको योजना छ । त्यसपछि मात्रै लाइसेन्स लिन पाइनेछ । रोड टेस्टमा असफल भएकाले फेरि ट्रयल दिनुपर्ने गरी ब्यवस्था गर्ने योजना छ । काठमाडौंमा नयाँ ‘वान-वे, हेर्नुहोस् अब कहाँ-कहाँ सवारी दायाँ मोड्न पाइँदैन

गाडी धुनुपर्ने यसैगरी ट्राफिक प्रहरीले अब उपत्यकाबाहिरबाट आउने सवारी सफा नगरी उपत्यकामा छिर्न नदिने गरी तयारी थालेको छ । मुख्य ४ नकामा ‘वास सेन्टर’ खडा गरेर फोहोर भएर आएका सवारीलाई सफाइ गरेर मात्रै भित्रिन दिने तयारी गरिएको लामाले बताए ।

‘बाहिरबाट अएका सवारीलाई नाकामा नै धोईपखाली गरेर मात्रै भित्रिन दियो जना अघि सारिएको हो । यसले काठमाडौं आउने सवारी सफाइ हुन्छन्’ लामाले भने,’फोहोर गाडी सफा नगरी छिर्न नदिने गरी नियम बनाउँछौं ।’

यसका लागि नागढुंगा, दक्षिणकाली, धुलिखेल, र बालाजुमा यस्तो वास सेन्टर खडा गर्ने तयारी छ ।

Must View