सरकारको ब्रोकर कमिसनमा भ्याट लगाउने प्रकरणले ब्रेक लागेको सेयर कारोबार वास्तविकता यस्तो
4K
सेयर ब्रोकरहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तयारी गरिरहेको आन्तरिक राजस्व कार्यालयले ब्रोकरहरुलाई कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि ब्रोकर कम्पनीहरुले सेयर कारोबार स्थगित गरेका छन् । आन्तरिक राजस्व कार्यालयले दुईवटा ब्रोकर इन्भेष्टमेन्ट म्यानेजमेन्ट र सुन्धारा सेक्युरिटिजलाई २०६९/७० देखिको भ्याट तिर्न पत्राचार गरेका छन् । अन्य ब्रोकर कम्पनीहरुलाई भने भ्याटमा दर्ता हुन पत्राचार गर्ने तयारीमा आन्तरिक राजस्व कार्यालय रहेको छ ।
ब्रोकर कमिसनमा भ्याट, प्रकरण यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास यस्तो
मूल्य अभिवृद्धि कर वापत ब्रोकर कम्पनीहरुले आफ्नो कमिसनको आधारमा १३ प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ । ब्रोकरहरुले यो कर ग्राहकहरु (सेयर लगानीकर्ताहरु) मार्फत् उठाउन पाउनु पर्ने माग गर्दै आइरहेका छन् । यसको भएमा सेयर कारोबारको लागत अहिलेकोभन्दा केही बढ्न सक्छ ।