डिल्लीमाया तामाङको न्यायिक लडाई: १४ वर्षिय छोरीको बलात्कारी हत्यारा ५ वर्षपछि समातिएपछि पूरा
छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख सञ्जीव शर्माले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेपछि यो प्रकरण चर्चामा आयो ।
यो पनि पढ्नुहोस्
ओई सिंहदरबार, सुन्तली तामाङलाई न्याय दे !
बलात्कार अभियुक्त छुटेपछि उल्टै उनीहरुले गुण्डा लगेर डिल्लीमायालाई समेत मार्ने धम्की दिएका थिए । हत्याराको धम्कीपछि पीडित परिवार विस्थापित भएर ६ महिनासम्म सिन्धुलीमा बसेका थिए । यो विषय अनलाइखबरमार्फत बाहिर आएपछि प्रहरी हेडक्वार्टरले तत्कालीन डीएसपी शर्मालाई विभागीय कारवाही स्वरुप सरुवा गरेको थियो ।
यसबीचमा ५ वर्षसम्म लगातार डिल्लीमायाले न्याय खोज्दा पनि पाउन सकेकी थिइनन् । अन्ततः रामेछापमा कुमोद ढुंगोल डीएसपी भएर गएपछि उनले यो केसको अनुसन्धान बढाएका थिए ।