नागरिक पोष्ट News


सलुट ! डिएसपी कुमोद ढुंगेललाई, जसले १४ वर्षिय बालिका बलत्कारी हत्याराको फाइल खोल्ने साहस गरे

5.9K
डिएसपी कुमोद ढुंगेललाई सलुट जसले १४ वर्षिय बालिका बलत्कारी हत्यारालाई कानूनी कठघरामा यसरी ताने 

रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई   प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गर्न सफल भएको छ । तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी सन्तली तामाङको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो ।

छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, बलत्कार गरी हत्या गर्ने हत्यारालाई कारवाहीका लागि किटानी जाहेरी दिने डिल्लीमायालाई तत्कालीन डिएसपी सञ्जिव शर्माले उल्टै अनुसन्धान र छानबीन गर्न किन खोजेका थिए । हत्याराले गुण्डालगाएर  डिल्लीमायालाई बिस्थापित बनाउदा समेत टुलुटुलु हेर्न शर्माले पीडितसँग राम्रो घरखेत पास गरेर देउ समेत भनेको पत्रकार सम्मेलनमा आँसुका धारा बगाउदै डिल्लीमायाले भनेकी छिन् । ५ वर्षदेखि फरार श्याम राउतलाई भारतको अण्डमान टापुबाट डिएसपी कुमोद ढुंगोलको टीमले पक्राउ गर्न सफल भएको छ । यो हत्यामा हत्यारालाई जमानी हाजिरीमा छोड्ने र पीडितलाई थप पीडा दिने रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्मालाई पनि कारवाही हुनुपर्दछ भन्ने आवाज पीडित डिल्लीमाया तामाङको छ । 

हत्याराको धम्कीपछि पीडित परिवार विस्थापित भएर ६ महिनासम्म सिन्धुलीमा बसेको विषय अनलाइखबरमार्फत बाहिर आएपछि प्रहरी हेडक्वार्टरले तत्कालीन डीएसपी शर्मालाई विभागीय कारवाही स्वरुप सरुवा समेत गरेको थियो ।

यस अर्थमा डिएसपी शर्माले नेपाल प्रहरी संगठनको शाख गिराउने काम गरेको देखिन्छ भने हत्यारालाई उन्मुक्ति र पीडितलाई थप पीडा दिने काम गरेकोले डिएसपी सञ्जीव शर्मा कारवाहीको भागीदार हुनैपर्दछ । अनिमात्र सुन्तलीको आत्माले शान्ति पाउनेछ र डिल्लीमाया तामाङको मन खशी हुनेछ । 

डिएसपी कुमोद ढुंगेलको प्रहरी मेरो साथी न्यायिक अभियानलाई उच्च सामाजिक  मान र नागरिक सम्मान छ । नेपाल प्रहरीमा ढुंगेलजस्तैै देशभक्त सपुतहरुको खाँचो छ । जय नेपाल

 

Must View