नागरिक पोष्ट News


सडकमा ठूला आवाज निकालेर कुद्ने बाइकलाई कहिलेसम्म छुट हुने ?

2.5K
 हर्न निषेध प्रयास त भो तर  ठूला आवाज निकालेर कुद्ने बाइकलाई कहिलेसम्म छुट हुने ? काठमाडौंमा ध्वनी प्रदुषण रोक्न नो हर्न सफल भएको छ । ठूला आवाज निकालेर कुद्ने बाइकले पनि विभिन्न समस्या सिर्जना गरेका छन्’ लामाले भने, ‘केही त गर्नैपर्छ । मान्छे नै ढल्ने गरी आवाज निकाल्ने बाइकलाई नियमन आवश्यक छ ।’ पछिल्लो समयमा मोटरसाइकललाई मोडिफाइ गरेर ठूलो आवाज आउने बनाउने प्रचलन बढेको छ । ठूलो आवाज आउने बाइकलाई ‘सानदार’ मान्ने सोचका कारण यस्तो अवस्था आएको हो । ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङ्मार लामालाई कालिमाटीबाट अनौठो गुनासोसहितको फोन आयो । फोनमा बोल्नेले हतारिएर सुनाए, ‘यहाँ बाइकको ठूलो आवाजले एकजना आमा बेहोस भएर रोडमै ढल्नुभो । तपाईंहरुले केही त गर्नैपर्‍यो ।’ 

यातायात ब्यवस्था विभागले ठूलो आवाज आउने बाइकलाई रिङ्गरोडभित्र प्रवेशमा रोक लगाउने बताएको छ ।  तर, त्यसको औपचारिक निर्णय भने भएको छैन । 

संसदको उपभोक्ता हित संरक्षण उपसमितिमा उपस्थित ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी लामाले सुनाए-‘हुन पनि हो, हामीले हर्न त निषेध गर्‍यौं । तर, ठूला आवाज गरेर दौडिने बाइक पनि नियन्त्रण गर्न जरुरी देखेका छौं । यस्ता बाइकले मान्छेको ज्यान नै जोखिममा पनि पारे ।’  

Must View