राष्ट्रकवि माधव घिमिरेकी छोरी स्वास्थ्य सचिव : हार्दिक बधाई तथा शुभकामना ! डा. किरणलाई
3.8K
राष्ट्रकवि माधव घिमिरेकी छोरी डा. किरण रेग्मी स्वास्थ्य सचीवमा नियुक्त हुनुभएको छ । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले डा. रेग्मीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको हो । बाग्लुङबाट निजामती सेवा सुरु गरेकी डा. किरणले सुत्केरी भएको २५ दिनमै बच्चालाई छाडेर गइन् । चार घण्टा हिँडेरै धनगढी गइन् । ६ वर्ष त्यहाँ श्रीमानसँग बसिन् । तराई-पहाड घुमेको छु । अको अनुभव भोगेकी डा. रेग्मी नेपाल सरकारले दिएको जिम्मेवारीप्रति बहुत खुशी छिन् र स्वास्थ्य सचीवको पदभार ग्रहण गर्दा हर्षको आँसु बगाइन् ।
पत्र पाएलगत्तै पदभार ग्रहण गरेकी रेग्मीले आफूलाई सचिव नभनिदिन आग्रह गरिन् । पत्रकारहरुसँग कुरा गर्दै डा. रेग्मीले भनिन्, ‘मलाई सचिव नभन्दिनुहोला । हिजो जसरी म डा. किरण थिएँ, मलाई त्यही रुपमा स्वीकारिदिनु होला ।
संघीयतामा स्वास्थ्य संस्थाको पुनर्संरचना आफ्नो मुख्य काम भएको डा. किरणले बताइन् । डा. रेग्मीले निर्धक्क भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिइन् । तर, नियमित विपरीतको कामलाई भने आफूले साथ नदिने उनले प्रष्ट पारिन् । स्वास्थ्य सचीव डा. किरण रेग्मीलाई बधाई तथा दुर दराजका नेपालीहरुलाई उच्चस्तरीय स्वास्थ्य सेवा पुर्याउने ठोस नीति र अभियानमा डा. किरणको पाइला अगाडी बढोस् भन्ने कामना सहित कार्यकाल सफलताको हार्दिक शुभकामना दिन चाहन्छौ ।