चालक र पैदल यात्रुको एक सेकेण्डको असावधानीको कारण भयानक सडक दुर्घटना हुन्छ-भिडियोसहित
हेर्नुहोस्,काठमाडौँमा भएका आङै सिरिङ्ग हुने सडक दुर्घटनाको भिडियो फुटेजहरु, जनचेतनाका लागि सक्दो शेयर गरौ काठमाडौँ उपत्यकामा सवारी दुर्घटना दिनानु दिन बढ्दै गएकाे छ । साघुँरो सडक, जथाभावी ओभरटेक तथा जेब्रा क्रसिङको प्रयोग नगरि बाटो काट्ने प्रवृत्ति रजेब्रा क्रसिङमा सवारी साधनले समेत बाटाे काटिरहेकाबेला नराेकि गुडाउनु , ट्राफिक नियमको पालना नगरि द्रुत गतिमा सवारी साधन चलाइनु जस्ता कारणाले दुर्घटना बढ्दै गएको पाइन्छ । ट्राफिक महाशाखाले सवारी दुर्घटना नियन्त्रणको लागि विभिन्न नियमहरु लागू गरेको भएपनि त्यो कारवाही गर्ने समयको लागि मात्र भएको देख्न सकिन्छ । कारवाही पछि दस्तुर अनि फेरि आफ्नै नियममा चल्ने पैदल यात्रु र सवारी चालकको लापरवाहिले धेरैको ज्यान जाखिममा छ । यस्ता विभिन्न ठाउँमा भएका सवारी दुर्घटना जुन ट्राफिकको क्यामराले कैद गरेको यो फुटेज ट्राफिक कार्यालयले जनचेतनाको लागि सेयर गरेको छ ।