दोस्रो चरण चुनावमा शैक्षिक संस्थालाई ४ दिन र १ दिन मात्र सार्वजनिक बिदा हुने
3.1K
निर्वाचन आयोगले आसार १४ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको दिन सार्वजनिक बिदा दिन गृहमन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदान कार्यमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाई हुने भएको भन्दै निर्वाचन हुने जिल्लाका सवै सरकारी तथा अर्धसरकारी कार्यलय र सार्वजनिक संस्थानहरुमा असार १४ गते सार्वजनिक विदा दिने व्यवस्था मिलाउन पत्र लेख्ने निर्णय गरिएको हो ।
यता, शैक्षिक संख्थाहरुलाई भने ४ दिन सार्वजनिक विदाको व्यवस्था मिलाउन माग गरिएको छ । यही असार ११ असार १४ गतेसम्म ४ दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन निर्वाचन आयोगको आजको वैठकबाट नेपाल सरकार शिक्षा मन्त्रालयलाई पत्रचार गर्ने निर्णय भएको आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।