नागरिक पोष्ट News


अटिजम सामाजिक अभियान्ता सबिता उप्रेती संकल्प गोर्खाद्वारा सम्मानित

5.7K

अटिजम भएका  बालबालिकाहरुको लागि काम गदै आएकी बिशेष स्कुल तथा पुनस्थापना केन्द्रकी संस्थापक अध्यक्ष तथा समाजिक अभियान्ता सबिता उप्रेतीलाई  संकल्प गोर्खाले सम्मान गरेको छ । साथै विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र एसएसडीआरसी लाई नगद  रु दश हजार सहयोग समेत गरेको छ ।

नेपालमा रहेका अटिजम जस्तो चुनौती पुर्ण अवस्थाको बालबालिकाहरुको सेवामा निस्वार्थ भावनाको साथ  समर्पित भई उनिहरुको जिवन रुपान्तरणमा  अतुलनिय योगदान  पुर्याउन सकृय रुपमा  कृयाशिल भई  सफल र नेतृत्वदायी भूमिका प्रदान गर्दै समाज सेवामा एक  उदाहरणिय कार्य गर्न सफल हुनु भएको भनी संकल्प गोर्खाले सम्मान गरेको हो ।   संस्थाको अध्यक्ष बुद्धी बहादुर खत्री , सल्लाहाकार भिम कुमार श्रेष्ठ र बोर्ड सदस्यहरु शकुन्तला रसाईलि, हरि चन्द्र भट्ट लगायतको टिम बिशेष स्कुल तथा पुनस्थापना केन्द्र SSDRC नै पुगी  नगद रु दश हजार सहयोग सहित सबिता उप्रेतीलाई दोसल्ला,खादा र सम्मान पत्र द्वारा सम्मान गरेको थियो ।

Must View