नागरिक पोष्ट News


यसकारण अब ट्राफिकले चिट काटेको कमिसन नपाउने भए,जेब्रा क्रसिङ राख्ने मापदण्ड बनाउन निर्देशन

3.2K
 संसदीय विकास समितिको बैठकले ट्राफिकलार्इ कमिसन भत्ता उपलब्ध गराउनुको साटो जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन निर्देशन दिएकोले अबदेखि ट्राफिक नियम उल्लंघन गरेवापत गरिने जरिवानाको १५ प्रतिशत रकम ट्राफिक प्रहरीले नपाउने भएका छन् ।

विकास समितिले जेब्राक्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २०० रुपैयाँ जरिवाना गर्ने वा ३ घन्टा नियन्त्रण गरेकोमा ट्राफिक प्रहरीको चर्को आलोचना भइरहेको बेला १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न पनि निर्देशन दिएको छ ।

उपत्यकाको सडकमा १२० मिटरमा जेब्रा क्रसिङ राख्ने गरी ७ दिनभित्र मापदण्ड बनाउन र २ महिनाभित्र कार्यान्वयन गरिसक्न सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलार्इ निर्देशन दिएको हो ।

आवश्यकता अनुसार जेब्रा क्रसिङ नै नभएको र पर्याप्त जनचेतना नजगाई कारबाही थालिएकाले ट्राफिकको आलोचना भएको हो । पैदलयात्रीहरुलाई सडक अनुशासन पालना गरेको कारबाही गर्नुपूर्व पर्याप्त जनचेतना जगाउन पनि निर्देशन दिइएको छ । साथै सात दिनभित्र सडक अनुशासन निर्देशका तथा सडक र सडकपेटी प्रयोग गर्ने निर्देशक बनाएर कार्यान्वयन गर्न निर्देश गरिएको हो ।

विकास समितिले ट्राफिक बत्ति पुनः सुचारु गर्ने प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउन र प्रक्रियामा लामो समय लाग्ने भए आफ्नो स्रोत वा वैकल्पिक व्यवस्थापनबाट ५ महिनाभित्र ट्राफिक बत्ति पुनः सुचारु गर्न निर्देशन दिएको हो 

Must View