नागरिक पोष्ट News


२०१७ को मिस नेपाल निकिता , सन् १९९४ देखिका मिस नेपाल को को थिए ?

4K
 २०१७ को मिस नेपालको ताज तराईकी मारवाडी चेलीको शीरमा पुगेको छ ।  मिस नेपाल भएपछि एक अन्तरवार्तामा निकिताले भनेकी छिन्, ‘मारवाडी भन्नसाथ इन्डियन फिचर त भइहाल्छ । तर, मैले विश्व सुन्दरी प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्नेछु । यसकारण म नेपालभरकी प्रतिनिधि हुँ ।’

को हुन निकिता ? निकिताले भारतको राजस्थानबाट १२ कक्षाको अध्ययन पूरा गरिन् । त्यसअघि उनी उर्लाबारीको मोरङ मोडल र पशुपति आवासीय माविमा पढ्थिन् ।

उनले बैंग्लोरस्थित जेडी इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजीमा ग्राजुएसन गर्दै फेशन शोहरुमा सहभागी भइन् । उनले पुणे फेसन विक-२०१६, केरला फेसन विक २०१६, द विडिङ हाउस शो जस्ता फेशन शोहरुमा र्‍याम्प नापेकी छिन् ।

अनिल र सुष्मा चण्डककी छोरी उनी अभिनय र गायनमा सानैदेखि लगाव राख्ने गरेको बताइन्छ । २२ वषर्ीया नीकिताको उचाई ५ फिट ९ इञ्च छ ।

को कहिले भए मिस नेपाल ?

रुवी राणा – सन् १९९४ सुमी खड्का – १९९५ पुनम घिमिरे- १९९६ निलिमा गुरुङ- १९९७ झरना बज्राचार्य- १९९७ (मिस नेपाल वर्ल्ड) निरु श्रेष्ठ- १९९८ श्वेता सिंह-१९९९ उषा खड्गी-२००० माल्भिका सुब्बा- २००२ प्रीति सिटौला- २००३ पायल शाक्य-२००४ सुगारिका केसी- २००५ शिताष्मा चन्द- २००७ जेनिशा मोक्तान- २००९ सदीक्षा श्रेष्ठ- २०१० मलिना जोशी-२०११ सृष्टि श्रेष्ठ- २०१२ इशानी श्रेष्ठ- २०१३ सुविन लिम्बु- २०१४ इभाना मानन्धर- २०१५ अश्मि श्रेष्ठ- २०१६ निकिता चन्दक-२०१७

 

Must View