नागरिक पोष्ट News


नीकिता चन्दक लाई मिस नेपाल’को उपाधि

3.4K
 सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले जितेकी छिन् ।  उनले अन्य १८  जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारेकी हुन् । अब उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।चन्दकले भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन समेत गरेकी छिन् । यस्तै, यो बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठको पोल्टामा गयो भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले जितिन् । ‘मिस नेपाल’को अडिसन सकिएर अन्तिम प्रतिस्पर्धीको नाम चर्चामा रहेसँगै धेरैले नीति शाहले टाइलट जित्ने अनुमान गरिरहेका थिए ।

तर, मोरङकी सुन्दरीले सबैको अनुमानलाई उल्टो साबित गराइदिइन् । यस्तै, सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छिन् । राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्न सोधेका थिए । जसको जवाफ चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् ।

 

Must View