काठमाडौंका मेयर र उपमेयरले सम्हाले आफ्नो पदभार
3.1K
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले बुधबार सपथ लिनुका साथै पदभार सम्हालेका छन् । राष्ट्रिय सभागृहमा आयोजित बिशेष समारोहमा काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराए ।
काठमाडौंका मेयर र उपमेयरले सम्हाले कार्यभार, हेर्नुस् तस्वीर
समारोहमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित १५९ जना स्थानीय प्रतिनिधिले सामूहिक सपथ ग्रहण गरे ।
क्लिन द सिटी अभियान काठमाडौंका मेयरको पहिलो निर्णय काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शहर सफा गर्ने कार्य योजना सहितको फाइलमा पहिलो हस्ताक्षर गरेर आफ्नो कार्य प्रारम्भ गरेका छन् । मेयर शाक्य आफैं सडकमा निस्किएर बिहीबारदेखि नै सडक सफाइको अभियान शुरु गर्नेछन् । काठमाडौंको सडकमा मास्क लगाएरमात्र हिड्नुपर्ने अवस्थाको अन्त्य गर्न सबै उपाय अबलम्बन गर्ने मेयर शाक्यले बताएका छन् ।आवश्यक परेमा विदेशी प्रबिधि र साधन स्रोत समेत आयात गरिने उनले बताएका छन् ।
शाक्यले काठमाडौं महानगरभित्र नेपाली भाषासँगै यहाँका नेवार समुदायले बोल्ने र लेख्ने नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने प्रस्तावमा पनि हस्ताक्षर गरेका छन् ।