नागरिक पोष्ट News


यात्रा यार्सागुम्बा संकलनको रोचक कथा–ब्यथा !

5.7K

वर्षे झरी अर्थात मनसुन शुरुहुनु अघि यार्सागुम्बा टिपीसक्नुपर्छ । बाह्र हजार फिटमाथि हिउ पग्लिइसकेपछि हिमाली पाटन र भीरपाखाहरुमा यार्शागुम्बा उम्रन थाल्दछ । यतीनै बेला यो संकलन गरिन्छ । झुसिल्किराको जीउबाट वनस्पति भएर उम्रने यार्सागुम्बा ज्यादै बहुमूल्य जटिबुटी मानिन्छ । उच्च हिमाली क्षेत्रमा वर्षामा हुने पुतली र त्यसको लार्भा हिंउ पर्न थालेपछि जाडोबाट जोगिन पाटन र भीर पाखामा उम्रिएका झारमा लुक्छन् । हिउदभरि हिउले पूरै क्षेत्र छोपिएर रहन्छ । तर जव हिउ पग्लिएर झारपात पलाउन थाल्छ, त्यती नै बेला ती लुकेका किराको टाउकोबाट वनस्पति पलाउन थाल्छ । हो, यही किरा र त्यसमा पलाएको वनस्पतिलाई उखेलेर जम्मा गरिन्छ र यार्सागुम्बा भनेर धेरै महंगोमा बिक्री हुन्छ !

वर्षामा बिरुवा र हिऊँदमा किरा यार्सागुम्बा  

यार्सागुम्बा जति बहुमूल्य छ, उति नै यो संकलन गर्ने कार्य पनि अत्यन्तै कठिन र खतरनाक छ । टाढाटाढाका गाउ वा जिल्लाबाट हजारौं हजार गाउलेहरु जेठ–असारमा लालाबाला र कुम्लो कुटुरो बोकेर उकालो लाग्न थाल्छन् । घरमा ताल्चा मारेर यार्सा पाइने सुनसान हिमाली क्षेत्र गुल्जार बन्न थाल्छ ।

यार्साको ब्यापार मात्र होइन, खाद्यान्नदेखि लुगाफाटो र मदिरादेखि जुवासम्मको खाल जम्न थाल्छ । कुनदिन कस्ले कतिवटा यार्सागुम्बा फेला पा¥यो, त्यो साँझ भट्टीमा हुने खर्च र खालमा हानिने दाउले छर्लंग हुन्छ । यार्सा टिपेपछि फर्किएर बस्ने पालको बस्तीमा दैनिकजसो झडप, डकैटी, लुटपाट, चोरीका घटना सामान्य मानिन्छ । अप्ठ्यारा भीर, अत्यधिक चिसो, लेक लाग्ने र अकस्मातको हिमपातले औलोमा बसिरहेका बासिन्दाको विचल्ली नै हुन्छ । उनीहरुका त्रिपालले हिउ धान्न र लत्ता कपडाले जाडो थेग्न सक्दैन । केटाकेटी महिलाको त बिचल्ली नै हुन्छ । अरु क्षेत्रमा महिला केटाकेटीलाई भाउ दिइदैन तर यार्सा खोज्न यिनीहरु नै माहिर मानिन्छन् । त्यसैले हरेक परिवार बच्चा र महिलालाई प्राथमिकता दिन्छन् । हरेक वर्ष कैयौंको अकालमा मृत्यु हुनुलाई यार्सा संकलनमा अनौठो मानिदैन । यतिबेला स्कूलदेखि अरु कार्यालयहरु पनि बन्द हुन्छन् र सबैजना देवीदेवता भाक्दै यार्सागुम्बा खोज्न उच्च हिमाली क्षेत्र धाउछन् । यार्सागुम्बा संकलन गर्न जानेहरु भन्छन्, एकैजनाले पनि जस्को भाग्यमा लेखिएको छ, डेढ–दुई महिनाको मेहनतले लाखौंलाख कमाएका उदाहरण बग्रेल्ती छन् ।

 यौन शक्ति नै अब्बल

यार्साका हजार फाइदाको चर्चा चले पनि यसको ख्याती भने यौन शक्ति बढाउने महाऔषधिकै रुपमा शिखरमा छ । अंग्रेजहरुले कर्डिसेप्स नाम दिएको यार्सागुम्बालाई उनीहरु ‘क्याटरपिलरमा उम्रने एक प्रकारको फंगस (ढुसी)’ भन्ने गर्छन ।

News Source : Sadrishya.com

Must View