नागरिक पोष्ट News


जनचेतनाका लागि ! सडकमा जथाभावी बाटो काट्नेहरु ट्राफिक प्रहरीहरुको जरिवाना र निगरानीमा

3.5K
 एकदिनमै जथाभावी बाटो काट्ने साढे ३३ सय यात्रु कारबाहीमा

ट्राफिक प्रहरीले एकैदिन अर्थात ट्राफिक सडक नियम लागू भएको दिन २०७४ बैशाख १६ गते काठमाडौं उपत्यकाका सठकमा जथाभावी बाटो काट्ने ३ हजार ३ सय ५० जनालाई नियनत्रणमा लिएर कारबाही ग¥यो ।। यसमध्ये २ हजार १ सय २० जनाले २ सय रुपैयाँ जरिवाना तिरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसुदन सिलवालले बताए । यसबाट ट्राफिकले पैदलयात्रुसँग एकैदिनमा ४ लाख २४ हजार रुपैयाँ जरिवना उठाएको छ ।

जथाभावी बाटो काट्दै हुनुहुन्छ ३ घण्टा प्रहरी थानामा थुनिनुपर्ला है

जरिवना तिर्न नसक्ने र नचाहने १ हजार २ सय २८ जनालाई ३ घण्टा प्रहरीको कार्यालयमा नियन्त्रणमा राखेर छाडिएको छ । उनीहरुलाई आधा घण्टाको सचेतना कक्षा समेत लिइएको सिलवालले बताए ।

ट्राफिक प्रहरीले उपत्यकामा हुने दुर्घटनामा मृत्यु हुने पैदलयात्रुको संख्या ४० प्रतिशत भन्दा बढी भएकाले त्यसलाई न्युनीकारण गर्न यो ब्यवस्था गरिएको बताएको छ ।

कतिपय सर्वसाधाराणले भने जेब्रा क्रसिङ, पेटी लगायत पूर्वाधारको उचित रेखाङ्कन र निर्माण नभएकाले यसले यात्रुलाई सास्ती मात्रै दिएको बताएका छन् ।

Must View