नागरिक पोष्ट News


गणतन्त्र दिवस २०७४ को पदक बितरण : ५१४ जनाको सूचिमा पनि किन परेनन् धुर्मुस–सुन्तली

4.6K

पदक पाउनका लागि दौडधूप पनि उत्तिकै छ । पदक थापेका तस्वीरले सामाजिक संजाल रंगिएका पनि छन् । राष्ट्रपतिको छोरीदेखि प्रधानमन्त्रीका छोरासम्म, उपराष्ट्रपतिका छोरादेखि उच्च सरकारी कर्मचारी र सुरक्षा अधिकारी पदकको पंक्तिमा अगाडि देखिए । पदकलाई लिएर आलोचना पनि उत्तिकै छ, सामाजिक संजालमा । आलोचनापछि प्रधानमन्त्री पुत्र प्रकाश दाहालले सफाई दिए र पदक नलिने घोषणा पनि गरे । यो पदक पाउनेको कुरा थियो । अर्कोतिर म्यागासेसे पुरस्कार बिजेता महाबीर पुन यहि बेला आफुले पाएका पदक लिलामको सूचना जारी गरिरहेका छन् । आबिस्कार केन्द्रका लागि पैसा जुटाउन पुनले यस्तो कदम चालेका छन् । अहिले यी दुई कुरा चर्चामा छन् । तर, पदक पाउन योग्यहरु छुटेकोवारे चाहीँ कमै चर्चा छ । गणतन्त्र दिवस ०७४ को अवसर पारेर राज्यले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको थियो । 

तर, दुर्भाग्य यो लामो सूचिमा केही यस्ता व्यक्तिको नाम भेटिएन, जो पदकका सवैभन्दा बलिया दावेवार थिए । नेपालको चर्चित जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को नाम भने यो सम्मानमा कहि कतै समेटिएको छैन । समाजसेवामा उनीहरुको अतुलनीय योगदान चाहीँ कसैले बिर्सेका छैनन् । तर, राज्यले चाहीँ पदकका लागि सम्झेन ।

 जनताले देख्ने समाजसेवी र राज्यले देख्ने समाजसेवी ,के यहि हो अाजको गणतन्त्र ?? । कि अन्धो छ सरकार ?? कसले राम्रो काम गरेछ छुट्याउन नसक्ने । राज्यको सम्मान पाउने करिब पाच सय नामावलीमा , महावीर पुन र धुर्मुस सुन्तली जस्ता देशको मुहार फेर्न लागीपरेका अटाउन सकेनन , जबकी तीन तीन वटि बिहे गरेर उनीहरुको सेवा गर्ने प्रकाश दाहाल र उपराष्ट्रपतिका छोरा दिपेस पुन सम्मान गर्न लायक देख्यो राज्यले । अाखिर कस्तो खालको समाजसेवा हेर्दैछ सरकार ?????

जनयुद्ध गरेर गणतन्त्र ल्याउन यिनीहरुले मात्र बलिदान गरेको ठान्ने हो भने , के अरु माअोवादी कमाण्डरहरु लाटोले केरा हेरेझै हेरेर मात्र बसेका थिए र ???

शक्ति र पावरको भरमा सम्मान र पदकको अवमुल्यन हुनु निन्दनीय छ र यसले समाजका असल व्यक्तित्व र बलिदानीहरुको मनमा ठेस पुर्याउने र मनोबल गिराउने गर्छ ।

#चेतना_भया

Must View