नागरिक पोष्ट News


Exclusive: मध्यरातमा यसरी च्यातियो भरतपुरमा मतपत्र, वास्तविकता यस्तो (भिडियो सहित)

3K
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना स्थगित

स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।

मतगणना भइरहेको समयमा राति ११ः४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको हो ।

सो क्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको जानकारी गराउनुभएको थियो । के कति मतपत्र च्यातियो सोबारे भने उहाँले यकिन हुन नसकेको बताउनुभयो ।

च्यातिएका मतपत्रलाई मुचुल्का गरेर राखिएको छ । नेकपा (एमाले)का प्रमुखका उम्मेदवार देवी ज्ञवालीले हार्ने भएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको बताए । तर, माओवादी केन्द्रले भने एमालेलाई दोष लगाएको छ ।  चितवनबाट माओवादी स्रोतले जनाए अनुसार सुरुमा हिजो राती शान्तिपूर्ण रुपमा मतगणना चल्दै थियो, पछिल्लो समय रेणु दाहालको पक्षमा राम्रो मत आइरहेको अवस्थामा एक्कासी हँसिया हथौडामा परेको मत मतगणकको हातको मसिले बदर गराइएको दृश्य देखियो । स्रोतका अनुसार सो दृश्य डेस्कमा रहेका अन्य माओवादी एजेन्टहरुले देखेपछि उनीहरुले तत्कालै निर्वाचन अधिकृतको ध्यानाकर्षण गराउन खोज्दा एेजेन्टहरु र कर्मचारीहरुबीच सामान्य बिबाद भयो । यसैक्रममा होहल्ला हुँदै गर्दा बेन्चमा बसेका एमाले प्रतिनिधिहरुले मतपत्र नियन्त्रणमा लिन खोजेपछि उनीहरुकै तानातानमा मतपत्र च्यातिएको माओवादी स्रोतको भनाइ रहेको छ । स्रोतका अनुसार सोही एमाले प्रतिनिधिलाई रोक्ने क्रममै भएको भनाभनका बेला एमाले प्रतिनिधि गंगा लामासहित माओवादी पार्टीका २ जना प्रतिनिधिहरु प्रहरी नियन्त्रणमा रहन गएका छन् ।’ 

 

Must View