नागरिक पोष्ट News


नेपाल प्रहरीको छवि उँचो बनाउने सिनियर प्रहरी अधिकृत सर्वेन्द्र खनालको साहसिक नेतृत्वशैली

3.1K
सर्वेन्द्र खनालको प्रहरीमा बेग्लै परिचय छ । व्यवसायिक मूल्य मान्यतामा कहिल्यै सम्झौता नगर्ने वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र संगठनभित्र जति लोकप्रिय छन्, बाहिर पनि उनको छवि आकर्षक छ । बोल्ड व्यक्तित्व र दृढ आत्मविश्वास, व्यवसायिक शैलीका कारण उनी सधै चर्चा रहन्छन् । चर्चा उनले गरेका उदाहरणीय काम र साहसिक अप्रेशनका कारण हुन्छन् ।

उनलाई झारा टारेर जागिर खान तथा जोगाउन मन पर्दैन । समाज र देशका लागि के गरौं भन्ने सोच र सपना उनीसँग हुन्छ । जताततै बेतिथि र अराजकता देखेर कहिलेकाँही उनलाई दिक्क पनि लाग्छ तर उनी हरेश खाँदैनन् । उनी आफैलाई सोध्‍न थाल्छन्, दिक्क मानेर आखिर कहाँ भाग्ने ? अरु कसले सुधारिदिन्छ त ?

जहाँजहाँ संकट पर्छ, त्यहाँ सर्वेन्द्रको माग हुन्छ । संकटका घडीमा समाधानको सूत्र बनेर उनी फिल्डमा खटिन्छन् । सत्ताइस वर्ष लामो व्यवसायिक यात्रामा उनले थुप्रै महत्वपूर्ण मोर्चाको कमान्ड समालेका छन् तर कुनै पनि अप्रेशन तथा मिसनमा उनी असफल भएका छैनन् । जोखिमसँग जुध्‍न र संकटलाई सामना गर्न उनलाई मन पर्छ किनकी त्यो साहस र धैर्य उनीसँग छ ।पुलिसमा जागिर खाए पनि उनी अलि एकेडेमिक खालका छन् । लेखपढमा उनको रुचि छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दाहरुलाई सुक्ष्म रुपमा अध्ययन गरेर आफूलाई सधै अपडेट राख्‍ने सर्वेन्द्र प्रखर वक्ता पनि हुन् । प्रहरीका वरिष्ठ उपरीक्षक Sarbendra Khanal आगामी नेतृत्वका लागि स्वभाविक दाबेदार हुन् । भावी आइजीपीको रुपमा उनको चर्चा सुरु भइसकेको छ र संगठनभित्र पनि उनलाई त्यो दृष्टिले हेर्न थालिएको छ ।

युवराज दीपेन्द्रले भन्दा पनि गुन्डा छोडेनन्, काठमाडौंमा गुन्डाराजको अन्त्य

दरबारमार्गमा प्रमुख हुँदा उनले गुन्डागर्दीविरुद्ध निकै साहसिक अप्रेशन चलाए । दरबार निकट तथा राजपरिवारका आफन्तलाई समेत उनले छोडेनन् । एकपटक उनले राजु राणालाई हतियारसहित पक्राउ गरे । दरबार र्छिन लागेका युवराज दीपेन्द्र आफै गाडीबाट ओर्लेर सोधे, सर्वेन्द्र उनीहरुलाई किन समातेको ? विनम्र शैलीमा साहसका साथ उनले भनेका थिए, ‘सरकार, हतियारसहितका गुन्डाहरुलाई छोड्नु हुँदैन ।’ त्यसपछि दीपेन्द्र पनि चुप लागेर आफ्नो बाटो लागेका थिए । दीपेन्द्रले सोध्नुअघि एआइजीदेखि थुप्रै ठाउँबाट उनलाई प्रेसर आएको थियो तर उनले मानेनन् ।

काठमाडौं प्रहरी प्रमुख बनेपछि सर्वेन्द्रले एउटा अठोट लिए, काठमाडौंमा गुन्डाराज अन्त्य गर्ने । यसका लागि उनले अनेक दबाब र जोखिम मोल्दै साहसिक अप्रेशन चलाए ।

हप्ता असुली, अपहरण, बन्धक बनाएर वा धम्काएर चन्दा लिने, ठेक्कापट्टामा गिरोहबन्दीजस्ता अपराधिक धन्दाहरुको अखडा जस्तै थियो काठमाडौं । सर्वेन्द्रको सक्रियतासँगै यी धन्दाहरु सेलाए र काठमाडौं शान्त पनि भयो । यस्ता धन्दा तथा अपराधविरुद्ध कानुनी लडाइसँगै उनले केही गुन्डा र गिरोहसँग इन्काउन्टर पनि गरे ।

काठमाडौं प्रहरी प्रमुख हुँदा विद्युत चुहावटविरुद्ध उनले निकै कडा अप्रेशन चलाएका थिए । कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको घोषणा गर्ने अवस्थाको जग सर्वेन्द्रले निर्माण गरिदिएका थिए । राजनीतिक तथा प्रशासनिक दबाबलाई समेत इन्कार गर्दै उनले चुहावटमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएका थिए ।

त्यसैगरी विद्यार्थी ठग्ने एजुकेशन कन्सल्टेन्सीलाई सर्वेन्द्रले नै ठेगान लगाएका थिए । उनको सक्रियताका कारण एजुकेशन कन्सल्टेन्सीहरुको मनपरी नियन्त्रणमा आएको थियो । उनको सक्रियतापछि एजुकेशन कन्सल्टेन्सीमा धेरै सुधार पनि आयो र सरकारी निकायको प्रत्यक्ष नियमन तथा अनुगमन पनि सुरु भयो ।

म्याच फिक्सिङको भन्डाफोर

शायद कसैले सोचेका पनि थिएनन् होला , फुटबलमा स्टार बनेका केही खेलाडीबाट यति घिनलाग्दो गद्दारी र घोटला भइरहेको छ भनेर । निकै गहन अनुसन्धान र अध्ययनपछि सर्वेन्द्रले फुटबलमा भइरहेको म्याच फिक्सिङको धन्दा र गिरोहलाई भन्डाफोर गरिदिए ।

यो कुनै सामान्य घटना मात्र थिएन । सिंगो राष्ट्रमाथि भइरहेको बेइमानी र घातसँग जोडिएको निकै भयानक प्रकरण थियो, जसको पर्दाफास सर्वेन्द्रको सक्रियता र सुझबुझबाट मात्र संभव भयो । नेपालको फुटबलको विकासमा यो प्रकरण आफैमा एउटा कोशेढुंगा बनेको छ, म्याच फिक्सिङको छानबिन र कारबाहीपछि फुटबलमा नेपालले निरन्तर उत्साहपूर्ण सफलता हासिल गर्दै आएको छ । यसको महत्वपूर्ण श्रेय सर्वेन्द्रलाई पनि जान्छ । जसले सिंगो फुटबल क्षेत्रलाई थप बद्नामीबाट जोगाए , शुद्ध र व्यवसायिक बनाइदिए । आज सबै खेलाडी र खेलप्रेमीले हरेक सफलतामा सर्वेन्द्रको सम्झना मात्र होइन, उनलाई सलाम गरिरहेको अवस्था छ ।

सर्वेन्द्र फुटबलप्रेमी मात्र होइन, उनी खेलाडी पनि हुन् । फुटबलमा नेपाल निरन्तर हारेको खबरले उनी दिक्क हुन्थे । खेलाडी राम्रा छन्, खेल पनि राम्रो छ, प्रोत्साहन पनि गजबको छ तर किन सधै हार मात्रै हात लाग्छ ? यस्ता प्रश्नले उनको मन घोचिरहन्थ्यो । कहिलेकाँही उनलाई लाग्थ्यो, कतै केही गडबढ छ कि ? सर्वेन्द्र आफ्नै तरिकाले यसको अध्ययन र खोजबिनमा लागे । केही प्रारम्भिक तथ्यहरु मिलेपछि उनी गम्भीर भए । फिफासँग बुझें। उनी मेलेसिया र सिंगापुर गएर अध्ययन गरे ।

सबै प्रमाण जुटेपछि उनले संलग्न खेलाडी तथा अन्य सदस्यलाई पक्राउ गरी अदालतमा मुद्दा दायार गरे । यसमा सर्वेन्द्रले सबैतिरबाट स्याबासी पाए । संभवतः सर्वेन्द्रको करिअरमा सबैभन्दा सन्तुष्टी मिलेको महत्वपूर्ण काम नै यही थियो ।

-साभार  :Nepaltara.com

Must View