नागरिक पोष्ट News


साँच्चिकै सुन्दर बिद्यासुन्दर, काठमाडौंका मेयर : हार्दिक बधाई तथा शुभकामना !

3.5K
 काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित साँच्चिकै सुन्दर विद्यासुन्दर शाक्य ज्युलाई हार्दिक बधाई तथा शुभकामना छ । २०४७ सालमा एमालेमा सगंठित भएका बिद्यासुन्दर शाक्य २७ वर्षपछि देशको राजधानी काठमाडौं महानगरको शक्तिशाली पद मेयरमा अत्यधिक मत ल्याएर निर्वाचित भएका छन् । 

विद्यासुन्दर शाक्य काठमाडौंकै लगनटोलमा जन्मिएका हुन् । वि.स. २०२० जेठ ९ गते जन्मिएका शाक्यले त्रिपुरेश्वरको विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पूरा गरे । शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका शाक्य २०४६ देखि सक्रिय राजनीतिमा लागेका हुन् । विद्यासुन्दर, यी विद्यासुन्दर राजनीतिक यात्रामा विद्यासुन्दर   उनी २०४३ सालको नगर पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवारका रुपमा वडाध्यक्ष निर्वाचित भए । २६ वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधिको भूमिकामा उपस्थित भएका शाक्यले त्यसयता लगातार २०४९ र २०५४ को स्थानीय चुनावमा पनि २१ नम्बर वडाबाट वडाध्यक्ष जिते । विकासका लागि राजनीतिक सोच र योजना भएका शाक्यको नाम जति सुन्दर छ त्यति नै जनतामाझ उनको छवि चुलिएको छ  । काठमाडौं महानगरपालिकाको तेस्रो मेयर निर्वाचित हुँदा शाक्यले प्राप्त गरेको मत हेर्ने हो भने उनलाई महानगरबासीले मतको ठूलै भारी बोकाएका छन् । राजधानीबासीको विश्वास र भरोसालाई शाक्यले कसरी पार लगाउँछन्, अबका ५ वर्ष उनी जनताको र दुनियाँको प्रत्यक्ष निगरानीमा हुनेछन् ।

काठमाडौंकै पूर्वमेयर केशव स्थापितका योजना र महानगर सपना विद्यासुन्दरका सम्पत्ति हुन् । अबको महानगर निर्माणमा आफ्ना अग्रज केशव स्थापितको सहयोग र महानगरका संस्थापक मेयर पीएल सिंहको सद्भाव आफूलाई रहने विश्वास विद्यासुन्दरले व्यक्त गरेका छन् ।

Must View