नागरिक पोष्ट News


हार्दिक बधाई तथा शुभकामना ! पोखराको मेयर तथा उपमेयरलाई

3.5K
पोखरा लेखनाथ महानगरसहित कास्कीको स्थानीय तह जितेको नेकपा एमालेले पोखराको मेयर तथा उपमेयर जितेको छ । जितको खुशीयालीमा केपी ओलीको उपस्थितीमा पोखरामा विशाल विजयोउत्सव नेकपा एमालेले मनायो । विजयोत्सव समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली आफैं सहभागी भएका छन् र उनले पोखराका मेयर उपमेयरसहित सबै जनप्रतिनिधिलाई माला र अवीर लगाएर बधाई दिए ।नवनिर्वाचित मेयर मानबहादुर जिसीले जनतालाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित मेयर जिसीले सिंहदरबारको अधिकार स्थानिय तहमा आएको आएकाले अब त्यसको कार्यान्वयन एमालेले गर्ने बताए । स्थानीय जनताले सिंहदरबार गाउँमा आएको प्रत्याभूति हुनेगरी काम गर्ने दृढता व्यक्त गरे । आफ्नो ५ वर्षे कार्यकालमा ५ काम गर्ने  नवनिर्वाचित मेयर जिसीको  घोषणा पत्रमा ‘प्रविधीमैत्री सेवाग्राही’, ‘युवा उद्यमीहरुको सहर’, ‘शुद्ध पिउने पानी, स्वस्थ समाज’, ‘हराभरा पोखरा (क्लिन सिटी, ग्रीन सिटी) र ‘दिगो विकासको पूर्वाधार’ का योजना उल्लेख गरिएका छन् । नवनिर्वाचित उपमेयर मञ्जु गुरुङले पनि पोखराको विकास र समृद्धिका लागि प्रतिष्पर्धीसँग हातेमालो गरेर अघि बढ्ने बताइन् । साथै प्राकृतिक, सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षणमा जोड दिइन् । पोखराकी उपमेयर राष्ट्रपतिकी मितिनी, यसरी गाँसिएको थियो साइनो

Must View