नागरिक पोष्ट News


हार्दिक बधाई तथा शुभकामना ! पत्रकार महासंघ ललितपुर शाखा अध्यक्ष ज्ञान पौडेलको टिमलाई

5.1K

सूचना सञ्चार तथा प्रविधि मन्त्री सुरेन्द्र कुमार (राम) कार्कीले पत्रकार महासंघ ललितपुर शाखाको नवनिर्वाचित पत्रकारहरुलाई प्रमाणपत्र सहित खादा ओढाएर पदभार ग्रहण गराए । २०७४ बैशाख ७ गतेको दशौं वार्षिक साधारण सभाबाट निर्वाचित ज्ञान प्रसाद पौडेल अध्यक्ष सहित सबै पदाधिकारीहरुले नेपाल पत्रकार महासंघ ललितपुर शाखाको जिम्मेवारी सहित पदभार  ग्रहण गरेका हुन् । निवर्तमान अध्यक्ष लेखनाथ न्यौपानेले निर्वाचित अध्यक्ष ज्ञान पौडेललाई माइन्युट हस्तान्तरण गरेर पदभार हस्तान्तरण गरे । निर्वाचित अध्यक्ष पौडेलल पत्रकारहरुको सबै किसिमका साझा मुद्दा र महासंघको संस्थागत विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

हार्दिक बधाइ तथा शुभकामना छ अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायतको नेपाल पत्रकार महासंघ ललितपुर शाखाको नवनिर्वाचित सम्पूर्ण पत्रकार मित्रहरुमा

Must View