नागरिक पोष्ट News


चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा विजयी:महर्जनले मध्यरातमा यसरी बाजी मारे

3.2K
 ललितपुर महानगरपालिका चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन् । महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन् । मेयर निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाएका छन् । एमालेका ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६६१ मत पाए । यसैगरी उपमेयरमा कांग्रेसकी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले हराइन् ।  उपमेयर निर्वाचित गीता सत्यालको पक्षमा १९ हजार ८१९  मत परेको छ भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन् । एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरे । Kumar KC को फोटो।   मध्यरातमा ललितपुर कांग्रेसको विजयउत्सव तस्वीरमा हेर्नुहोस् Suman Mahat को फोटो।  

 अहिले मेयर बनेका चिरीबाबुले यसअघि नै वडा नम्बर ३ बाट ३ पटक वडाध्यक्ष जितिसकेका छन् । राजनीतिक यात्रा भने उनले २०३८ सालदेखि थालेका हुन् । उनी २०३८ सालमा कुनै दलमा आबद्धभने भएका थिएनन् । सुधारिएको पञ्चायत आएपछि २०३८ मा उनी वडाअध्यक्ष उठे । जसमा उनले सहजै जित हासिल गरे । कांग्रेस पार्टीसँगको आवद्धता भने रोचक छ । किनकी अहिलेको स्थानीय चुनावमा ललितपुरको १० नम्बर वडामा स्वतन्त्र उमेदवार बनेर वडाध्यक्ष जितेका नरसिंह ब्यञ्जनकारले नै चिरीबाबुलाई कांग्रेसमा प्रवेश गराएका हुन् । ०४९ सालको चुनावमा नरसिहंलाई वडाध्यक्षको उमेदवारी दिन पार्टीले नमानेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि अहिलेसम्म नरसिंह भने स्वतन्त्र नै रहँदै आएका छन् ।

चिरीबाबु महर्जनः ज्यामीदेखि ललितपुरको मेयरसम्म Gyanin Rai को फोटो।

०४९ सालमा भने वडा नम्बर २ मा वडाध्यक्षको रुपमा कांग्रेसले चिरीबाबुलाई उठायो र उनले जित हासिल पनि गरे । चिरीबाबुले २०५९ सालमा ज्यापु समाज स्थापना गरे । २०५९ देखि ६२ सम्म उनी ज्यापु समाजका अध्यक्ष थिए । चुनावमा अहिले उनलाई कांग्रेसको मात्रै नभई अधिकांश महर्जनको भोट खसेको छ । 

Kumar Baniya को फोटो।  फोटो स्रोत  : Jit Jung Basnet

Must View