नागरिक पोष्ट News


नेमकिपाको भक्तपुरमा ऐतिहासिक विजय हासिल उत्सवको रौनकता यस्तो थियो (फोटोफिचरसहित)

3.8K
 २० वर्षपछि भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा बलियो मानिएको नेमकिपाले भक्तपुर नगरपालिकामा ऐतिहासिक विजय हासिल गरेको उल्लासमा विजय उत्सव र्याली निकाल्यो । भक्तपुरका चार नगरपालिका मध्येको एक भक्तपुर नगरपालिकामा नेमकिपाले नगरपालिका प्रमुख उपप्रमुख, १० ओटै वडाध्यक्षसहित सबै सदस्य पदमा कब्जा जमाएर ऐतिहासिक जीत हासिल गरेपछि विशाल र्याली निस्केको हो ।

यो ऐतिहासिक जीतमा उत्साहजनक सहभागीता स्वभाविक थियो। मेयरका लागि प्रमुख प्रतिद्वन्दी दल नेपाली कांग्रेस र एमालेका महानगर प्रमुखको पदका लागि क्रमशः ६५६० र ४२१८ ल्याउँदा नेमकिपाका सुनिल प्रजापतिले २५६३० मत ल्याएका थिए । उपप्रमुखमा नेमकिपाकी रजनी जोशीले २५७११ ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवारको ६५८७ र एमालेका उम्मेदवारको मत ४६०६ मात्रै ल्याएका थिए । जसले गर्दा विजय र्यालीमा  पनि नेमकिपाका समर्थकलाई थप हौस्याएको सहभागी समर्थकहरुले बताएका थिए।

मतपरिणामको आँकडा हेर्दा पनि यो साँच्चै पो हो कि जस्तो लाग्छ।

र्यालीलाई भव्य बनाउन नेमकिपाले सयौं स्वयम्सेवी र कार्यकर्ता खटाएको थियो। मादल चिन्ह अंकित झण्डा बोकेका समर्थकहरुलाई धिमे, झ्याली, केही स्व झ्याली र धिमे, बाँसुरी, ढाः जस्ता बाजागाजा बजाएका युवाले उर्जा थपिरहेका थिए। इँटाले छापेको साँघुरो गल्ली हुँदै अगाडि बढेको जुलुसलाई घर र पसलमा रहेका मानिसहरुले उत्साहपूर्वक हौस्याइरहेका थिए।

जुलसले नगर परिक्रमा गर्दैगर्दा गाडी रोकेरै ठाउँठाउँमा विजित उम्मेदवारका पहिल्यै टम्म भरिएको निधारमा टीका थपिँदै गयो। बाटाभरि रातो रंगको मादल छाप तुल र चोकचोकमा मादल अंकित ठूला ब्यानर सजिएका थिए। ठाउँठाउँमा विजेता उम्मेदवारका तस्बिर सहितका पोस्टर पनि हुने नै भए।

 

नेमकिपाको गढ मानिएको यो नगरपालिकामा नेमकिपाको जीतलाई स्थानीयहरु अस्वभाविक परिणाम मान्दैनन्। तैपनि, छोटो समयमै निर्वाचन भएकोले दलहरुले पर्याप्त तयारी गर्न नपाएको गुनासोहरु आइरहेका बेला तर दुई दशकपछि भएको निर्वाचनमा १० ओटै वडामा ल्याएको जीत भने अभूतपूर्व छ।

 

  -Source : NepalKhabar.com

Must View