तारकेश्वर काठमाडौमा एमाले नेता रामेश्वर बोहोराको बिजय उत्सब (फोटोफिचरसहित)
काठमाडौ , तारकेश्वर नगरपालिकामा एमालेका रामेश्वर बोहोरा बिजयी हुनु भएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीराम थापालाई करिब ११०० को मत अन्तरले बिजयी हासील गर्नेु भएको छ ।
बालाजु फुटुङ्ख , साङ्खला , गुर्जे भन्जायाङ्ख नुवाकोट मोटरबाटोको बिस्तार तथा बिकाश गर्ने सफल भएका बोहोरा यस अघि साबिक मनमैजु गा.बि.समा सर्बाधिक मत ल्याई गा.बि.स अध्यक्षमा बिजय हुनुभएको थियो । यसतारकेश्वर नगरपालिको कार्यालयमा बिभिन्न समितिमा रहि तारकेश्वर नगरपालिको समग्र बिकाशमा अगुवाई गरेका रामेश्वर स्वच्छ छबि , बिकाश प्रेमी , ईमान्दार र प्रभाबसाली नेताका रुपमा परिचित छन ।
धुलो र हिलो रहित तारकेश्वर नगर ,शिक्षा , स्वास्थ , खानेपानी , पर्ती जग्गा संरक्षण , शान्ति सुरक्षा , कृषि तथा पर्यटन , भुकम्प पुननिर्माण , प्रगतिशिल कर ब्यस्थापन गरि सबल र संबृद्ध तारेश्वर नगरको परिकल्पना रहेको नबनिर्बाचित मेयर रामेश्वर बाहोराले नेपाली पत्रलाई बताउनु भयो ।
यसै गरि नगरपालिकाको उपमेयरमा भबानी डोटेल (धिताल) बिजयी हुनु भएको छ । नेपाली कांग्रेसकी गिता अर्याललाई करिब ३७०० को मत अन्तरले बिजयी हुनु भएको छ । तारकेश्वर नगरपालिकामा रहेको ११ वडा मध्ये एमालेको ९ वडामा प्यानल सहित बिजय हासिल गरेको छ भने वडा नं ३ र ७ मा नेपाली कांग्रेसले वडा अध्यक्ष जितेको छ ।
- Source