नागरिक पोष्ट News


आफ्नै बाबुलाई गोलीले उडाइदिएपछि: नुवाकोट बेलकोटगढीमा कविताको कमब्याक यसरी

7.4K
को हुन् कविता ढुंगाना ?   व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीएस) गरिसकेकी उपमेयर कविता कानुन विषयमा स्नातक (एलएलबी) पूरा गरेर अधिवक्तासमेत भइसकेकी छन् । उनी हाल राजनीतिशास्त्रमा स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत छिन् । -प्रस्तुति भरतराज उप्रेती २७ वर्षकै उमेरमा कविता ढुंगानाको राजनीतिक र पब्लिक प्रोफाइल वर्ग गर्न लायक नै छ । २० वर्षको स्थानीय निर्वाचनमा नुवाकोट बेलकोटगढी नगरपालिकाको उपमेयरमा कविता चुनिएकी छिन् । राजनीतिको र समेत नजान्ने बेलामा कबिताले आफ्नो बाबुको न्यानो काख गुमाउनुपर्यो कारण २०६१ मा कविताको बुबा भरत ढुंगानालाई माओवादी राजनीतिक आस्थामा लागेका कारण गोली हानेर हत्या गरिएको थियो ।  आफ्नै बाबुलाई गोलीले उडाइदिएको पीडा कम दर्दनाक थिएन कविताका लागि, जबकी त्यतिबेला उनी कक्षा ९ मा पढ्दै थिइन् ।  

भरत । कार्यकाल सकिन एक वर्ष बाँकी छँदा ०५८ सालमा उनी एमाले छाडेर माओवादीमा लागे । र, भूमिगत राजनीति सुरु गरे । पिताले पद र घरबार छाडेर भूमिगत राजनीति थाल्दा कविता वाल्यावस्थामै थिइन् ।

किसान संगठनको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा रहेका भरतप्रसाद ढुंगाना र विद्यार्थी नेता बैकुण्ठ पोख्रेललाई प्रहरीले धादिङको गुम्दीबाट निःशस्त्र अवस्थामा नियन्त्रणमा लिएर ०६१ असार ३१ गते हत्या गर्‍यो ।

आफ्ना पिताको हत्या हुँदा कविता ९ कक्षामा अध्ययनरत थिइन् ।

राजनीतिलाई खासै नबुझ्ने उनी अहिले परिपक्व राजनीतिक बहस गर्न सक्ने भएकी छन् । 

सक्षम युवापुस्ताका प्रतिनिधि पात्र बन्दै कविता युवा नेतृत्वले नै केही गर्नसक्छ भन्ने भरोसा र विश्वासका कारण पनि यो जित हासिल भएको कविताको ठम्याई छ । युवा पुस्ताले राजनीति गर्नुहुदैन होइन समाज रुपान्तरण र देश विकासका लागि राजनीति आवश्यक छ भन्ने कुरालाई देखाउन चाहन्छिन् कविता, नुवाकोट बेलकोटगढी नगरपालिकाको उपमेयरमा विजयी हासिल गर्नु नै उनको सफलताको पहिलो खुट्किलो भएको उनी बताउँछिन् । सफतलताको प्रतीक चुनौति सामना गर्नका लागि मानसिक रुपमा तयार हुनुलाई कविताले मान्छिन् र भन्छिन् ‘मलाई के विश्वास छ भने हाम्रो टिममा जो जो छौं, सबै सहयोगी छौं । सबै बाट साथ सहयोग प्राप्त हुन्छ र हाम्रो सिंगो टिमले समृद्ध बेलकोटगढी बनाएर छाड्नेछौं । बुवाको निष्ठाको राजनीतिबाट प्रभावित भएर, विश्वास गरेर नै बेलकोटगढी नगरपालिकाका बासिन्दाले आफूलाई जिताएको कविताले बताएकी छिन्  युद्धका घाउहरुमा मल्हम लगाउनुपर्छ । पहिलेका कुरा सम्झिएर, मनमा खोट राखेर बस्नुहुँदैन । त्यसैले मैले सबैलाई भन्ने गरेको छु, सबै तिक्ततालाई धोइपखाली गरौं । हातेमालो गरेर अघि बढौं र कम्तिमा हाम्रो बेलकोट गढीलाई समृद्ध बनाऔं । अहिले समाजले पनि त्यही माग गरेको छ ।’ गाउँपालिकालाई समृद्ध बनाउने तत्कालीन कार्ययोजना भित्र  ग्रामीण सडक निर्माणमा पहिलो प्र  सबै नाकाबाट केन्द्रसम्म सहजरुपमा आवत(जावत गर्ने सडकलाई निर्माण गर्ने र भएका सडकलाई अझै व्यवस्थित बनाउने पहिलो मुख्य काम, सडक निर्माणसँगै जनजिविकासँग प्रत्यक्ष जोडिएका खानेपानी, स्वास्थ्य, टेलिफोन लगायतका समस्या समाधान गर्ने कार्ययोजना अगाडी बढाउने प्रतिबद्धता कविताले गरेकी छिन् । -Cover Photo Courtstey : Onlinekhabar

Must View