यसरी बनिन् ११ कक्षामा पढ्ने कविता गाउँपालिकाकी कान्छी सदस्य
3.6K
धादिङको गजुरी गाँउपालिकाबाट ११ कक्षामा पढ्ने कविता गाउँपालिकाकी सदस्यमा निर्वाचित भएकी छिन् । स्थानीय तहको निर्वाचनमा गजुरी गाँउपालिकाबाट महिला सदस्य उम्मेदवार दिएकी कविता बराल विजयी हुन सफल भएकी हुन् ।
८६ वर्षीया चन्द्रमाया विश्वकर्मा गाउँपालिकाको प्रतिनिधिमा विजयीस्थानीय तहको निर्वाचनमा विजयी भएकी उनी कान्छी उमेदवार पनि हुन् । उनी निर्वाचनमा मनोनयन दर्ता गर्न गएको दिन २२ वर्ष १८ दिन पुगेकी थिइन् । यो निर्वाचनमा भाग लिन २१ वर्ष पुरा भएको हुनु पर्ने प्रावधान छ ।
बरालले यो निर्वाचनमा गजुरी गाँउपालिका–८ बाट ५०६ मत प्राप्त गरेर विजय भएकी हुन् । २०५२ साल वैशाख १ गणेश बराल र कृष्णकुमारी बरालकी जेठी छोरी कबिता बराल हाल ११ कक्षामा अध्ययनरत छिन् ।
किराञ्चोक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्दै गरेकी बराल एमालेको तर्फबाट गजुरी गाँउपालिका(८ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी थिइन् ।
पहिलो महिला मेयर बनिन् कान्तिका : जुम्लाको चन्दननाथ नगरपालिकामा