धादिङ गंगाजमुना गाउँपालीका उपप्रमुखमा विजयीपछि एन्जीलाले तलव सवै चर्चमा दिन्छु भनेपछि
3.6K
कुमारसिंह विष्ट
काठमाडौं । स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा सुश्री एन्जीला तामाङ (थिंङ) विजयी भएपछि सरकारबाट पाउँने पहिलो सम्पूर्ण मासिक तलव आफ्नो मण्डलीलाई दशांसस्वरुप दिने प्रतिवद्धता गर्नु भएको छ ।
‘परमेश्वरको अनुग्रहका कारण नै गंगाजमुना गाउँपालिकाका जनताले मलाई मत दिएर उपप्रमुखमा विजयी बनाए यही अवसरमा मेरो पारिश्रमिकको पहिलो तलब सवै दशांसकोरुपमा प्रभुको मण्डलीमा दिने निर्णय गरेकी हुँ, तुरहीसँग कुरा गर्दै एन्जीलाले आफ्नो खुशी यसरी सुनाउनु भयो । गंगाजमुना गाउँपालिकाको अध्यक्षमा एमालेका वलवहादुर अधिकारी ३३५६ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँले कुल ३५२२ मत ल्याई गंगाजमुना गाउँपालिकाको उपप्रमुख (उपाध्यक्ष) मा विजयी हुनु भएको हो । श्रोतका अनुसार यो गाउँपालिकामा सवैभन्दा वढि मत मत ल्याएर विजयी हुने उहाँ नै पहिलो उम्मेवदवार हुनुहुन्छ । उहाँले तुरही न्यूजसँग कुरा गर्दै अब आफ्नो पूरा कार्यकालसम्म आफ्नो गाउँपालिकाका पिछडीएका महिलाहरुको उत्थानको लागि आफू लागि पर्ने बताउनु भयो ।
उपप्रमुख तामाङ गंगाजमुना गाउँपालिकास्थित सुसमाचार मण्डलीको सदस्य हुनुहुन्छ । उहाँ पास्टर चन्द्रवहादुर तामाङको छोरी हुनुहुन्छ । ख्रीष्टियान परिवारमा जन्मेहुर्के पनि पछि २० वर्षको उमेरमा येशूलाई मुक्तिदाताकोरुपमा ग्रहण गरेर येशूको आस्थामा लागेको कुरा एन्जीला तामाङले तुरहीलाई बताउनु भयो । उहाँको विजयीपछि गाउँदेखि मण्डलीमा पनि खुशीयाली छाइरहेको कुरा सुसमाचार मण्डलीका डिकन इन्द्रवहादुर तामाङले बताउनु भयो । उपप्रमुख एन्जीला तामाङ त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ । उहाँ अविवाहीत हुनुहुन्छ । उहाँले जिल्लास्थित सगग्र विकास सेवा केन्द्र नामक गैर सरकारी संस्थामा करिव आठ वर्ष सोसियल मोविलाइजरकोरुपमा सेवा गर्नुभएको छ ।
- Source :