माओवादी केन्द्रका नेताले भोट कहाँबाट हाल्दै छन् ? प्रचण्डले भने रुखमा भोट हाल्ने
3.2K
प्रधानमन्त्री परिवारले भरतपुरबाट मतदान गर्ने
स्थानीय तह निर्वाचन दुई चरणमा हुने भएपछि उनीहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा भोट हाल्न नपाउने भएका हुन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराको मतदान क्षेत्र प्रदेश नम्बर पाँचमा दोस्रो चरणमा चुनाव हुनेछ। त्यस कारण उनी पहिलो चरणको निर्वाचन भइरहेको समयमा मूलुकबाहिर हुनेछन्। शुक्रबार 'वान वेल्ट वान रोड' अवधारणापत्रमा दुई देशले हस्ताक्षर गरेपछि उनी शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गर्दै छन्। पाँच नम्बर प्रदेशका वर्षमान पुन अनन्त, सभामुख ओनसरी घर्तीमगर, नेता लोकेन्द्र बिष्ट मगर, जयपुरी घर्ती, कुलप्रसाद केसी सोनाम, मणि थापा, तिलक परियारलगायतले पहिलो चरणको निर्वाचनमा भोट हाल्न पाउनेछैनन्। सात नम्बर प्रदेशका नेता लेखराज भट्ट, दुई नम्बर प्रदेशका नेता मातृकाप्रसाद यादव, एक नम्बर प्रदेशका नेता गोपाल किरातीलगायतले पनि पहिलो चरणमा भोट खसाल्न पाउनेछैनन्।