नागरिक पोष्ट News


हेर्नुहोस् त ! ८ कक्षामा पढ्ने प्रकृतिको अक्षर टाइप गरेको भन्दा नि राम्रो

5.1K
 भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा कक्षा ८ मा पढ्ने प्रकृति मल्ल कम्प्युटरमा टाइप गरेको भन्दा पनि राम्रो अक्षर लेख्छिन् । उनले लेखेको अक्षर हेर्ने सबैले भन्छन् – ‘वाह, कस्तो जादू, कसरी लेख्न सकेको होला यसरी !’ हुन पनि उनले लेखेको अक्षर टाइप गरेको भन्दा कमको देखिँदैन । केरमेट नगरीकन सररर मिलाएर लेख्न सक्ने उनको कला देखेर विद्यालयका शिक्षक र साथीहरु पनि अचम्म मान्छन् । ‘उनी सानैदेखि राम्रो लेख्छिन्, उनको अक्षर देख्दा हामी पनि चकित पर्छौं’ विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख जितबहादुर कुँवरले उज्यालो अनलाइनसँग भन्नुभयो । सबैलाई चकित बनाएर अक्षर कोर्न सक्ने प्रकृतिको घर धनकुटा हो । अहिले उनी भक्तपुरमै बस्छिन् र सैनिक आवासीय विद्यालयमा पढ्छिन् । काठमाडौं उपत्यकाका विद्यार्थीहरुबिच आयोजना गरिएको हस्तलेखन प्रतियोगितामा उनी पनि सहभागी भएकी छिन् । प्रतियोगितामा उपत्यकाका ४ हजार विद्यार्थीले भाग लिएका छन् । सबैलाई उछिनेर प्रथम हुने प्रकृतिको लक्ष्य छ । नतिजा आउँदो ३० गते सार्वजनिक हुनेछ । त्यसो त विद्यालयका अरु विद्यार्थीको हस्तलेखन पनि राम्रो रहेको कुँवरले दाबी गर्नुभयो । ‘अक्षर राम्रो लेख्नको लागि हामीले स्कुलमा तालिम नै दिने गरेका छौं’ कुँवरले भन्नुभयो, ‘लेखन सुधार्न कक्षा ६ देखि तालिम दिने व्यवस्था गरेका छौं, सबैको अक्षर सुध्रिएको छ, त्यसमा पनि प्रकृतिको त धेरै राम्रो छ ।’ यसअघि पनि आफ्नो विद्यालयका एक विद्यार्थी लेखन प्रतियोगितामा दोस्रो भएको उहाँले जानकारी दिनुभयो ।

Must View