नागरिक पोष्ट News


पुरानो मतदाता कार्डले भोट हाल्न नपाइँने, नयाँ कार्ड लिन निर्वाचन आयोगको अनुरोध

4.5K
 निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भोट हाल्न यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने बताएको छ । आयोगले मतदाता परिचयपत्रको स्वरुप परिवर्तनका साथै धेरै मतदाताको मतदान केन्द्रसमेत परिवर्तन भएकाले अब पुरानो परिचय पत्र काम नलाग्ने भएको जनाएको छ । आयोगले सबै मतदातालाई बैशाख २८ देखि ३० गतेसम्म आफ्नो मतदान स्थलमा पुगेर नयाँ परिचय पत्र लिनसमेत आग्रह गरेको छ ।  मतदाताले पुरानो कार्ड बोकेर बसेको र त्यसैका आधारमा मतदान गर्ने तयारी गरेको पाइयो, त्यो गलत हो । आयोगले बैशाख २८ गतेदेखि वितरण गर्ने नयाँ कार्डका आधारमा मात्र भोट हाल्न पाइन्छ’,आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले  भने ।

Must View