नागरिक पोष्ट News


इतिहास लेखेको नवराज लम्सालको कृत्रिभित्र बन्दुक उठाएर आएका प्रचण्ड,देउवाको जिब्रो, केपी शर्मा

5.7K
प्रहरी हिरासतमा रहँदा जिब्रोमा करेन्ट लगाएर निरङ्कुशसत्ताले छियाछिया पारेको शेरबहादुर देउवाको जिब्रो, बैँस र वसन्तको उमेरमा १४ वर्ष जेलको कष्ट सहेर आएका केपी शर्मा ओली, गोरखा आरुघाटको एउटा स्कुलबाट गणतन्त्रको सपना सहित बन्दुक उठाएर आगो टेक्दै आएका प्रचण्ड, हो, यिनका सयौँ कमी र कमजोरी छन् तर आज तिनैलाई सडकबाट सत्तोसराप गर्ने तपाईँको मौलिक अधिकारका लागि तिनले नै लडाइँको नेतृत्व गरेका हुन् । तिनलाई गाली गरेर चोर सावित गर्न ठूलो बल प्रयोग गर्नेहरूसँग मेरो प्रश्न छ – फेरि पनि तिनले ती दिनमा गरेझैँ दुख गर्नुपर्ने दिन आयो भने तपाईँ तयार हुनुहुन्छ ? कि सुटुक्क विदेश भाग्नुहुन्छ ? अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै गालीले हैन, योजना र दृष्टिकोणले जनताको मन जित्न र मत पाउन कोशिश गर्नुहुन सबैलाई सादर अनुरोध छ । बाँकी त चुनावमा नेपाली जनताले नै बताउलान् सबै कुरा । From Naba Raj Lamsal's wall.

Must View