पत्याउनुहुन्छ ? सेक्स गुरु केन्नेथ, जसले घरमै आएर सेक्स गर्ने आसन र टिप्स यसरी सिकाउँछन्
यसरी घरमै आएर सेक्सको तालीम दिने केन्नेथले अमेरिकाको न्यूयोर्कमा यस्तो सेवा संचालन गर्दै आएका छन् ।
विगतमा व्यायाम प्रशिक्षक रहेका केन्नेथ ३ वर्षअघि बाट सेक्स गुरु बनेका हुन् ।
‘मैले दिने तालीम मार्था स्टेवार्टले दिने पाक कलाको तालीम हेरे भन्दा फरक छैन । मैले उदाहरण सहित तालीम सुरु गर्दछु र त्यो सबै प्रक्रिया समझदारीमा हुन्छ’, उनी भन्छन् ।
तिन वर्षअघि शिकागोमा एक सेक्स पार्टीमा एक महिलासँग भेट भएर सहवास गरेसँगै उनी यो नयाँ पेशातर्फ लागेका हुन् । उनले त्यसपछि थुप्रै सेक्स पार्टीमा भाग लिए र धेरै महिलासँग सहवास गर्दै तथा अन्य मानिसहरुका सहवासका तरिका हेर्दै राम्रा राम्रा सहवासका तरिका सिके ।
उनले एक जोडीलाई प्रदान गर्ने सेक्स तालीमको एउटा सत्र ३ देखि ४ घण्टासम्मको हुन्छ । सुरुमा उनले दम्पतिका निजी तथा यौनिक विषयका कुराकानीबाट तालीम सुरु गर्दछन् । त्यसपछि उनी दम्पतिसँगै यौनक्रिडा गर्ने कोठामा प्रवेश गर्दछन् । दम्पतिले विभिन्न आसनमा सहवास गर्दछन् र जेन्नेथले सो क्रममा सेक्सका अनेक विधिका बारेमा सिकाउँछन् ।
के यसरी सिकाइरहँदा जेन्नेथले कतै ग्राहकसँग पनि सेक्स गर्दछन् त ? अँह, उनले महिला ग्राहकलाई यस्तो केही गर्दैनन् । व्यवहारिक रुपमा सेक्स सिकाउन जेन्नेथले कहिलेकाहीँ आफै आफ्नो महिला पार्टनरलाई तालीम कक्षामा लैजान्छन् भने कहिलेकाहीँ सेक्स डलसँग आफुले सेक्स गरेर ग्राहकलाई सिकाउँदछन् । - एजेन्सी/Onlinekhabar