पत्रकार सम्मेलनमै कुलमान किन रोए ? भिडियोसहित
4K
आँसु झार्दै कुलमानले भने- २/४ घन्टा लोडसेडिङ गरेको भए करोडौं कमाउँथे
एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ धुरुधुरु रोए । आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २/४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’
भारत सरकारसँग सहमति गरेर १३५/१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।