नागरिक पोष्ट News


काठमाडौं बागबजारको सडक एक्कासी यसरी भासियो

2.5K
 काठमाडौंको बागबजारमा सडक भासिएको छ । बागबजार क्षेत्रभित्र टुकुचाको पुल रहेको भाग भासिएपछि सवारी साधान ओहोर दोहोर बन्द भएको छ ।

पुतली सडकबाट रत्नपार्क निस्किने सवारी साधनहरु सडक भासिएपछि अर्कोबाटोबाट पठाइएको छ । शनिबार साँझ सडक भासिएपछि प्रहरीले खाल्डोलाई घेरा हालेर छाडेको छ ।

सडक किन भासियो भन्नेबारे स्पष्ट जानकारी आइसकेको छैन । शनिबार बेलुका काठमाडौंमा सामान्य वर्षा भए पनि सडक भासिनुको कारण वर्षा नभएको स्थानीयबासी बताउँछन् ।

Must View