भर्नु छुट्ला है राइट शेयर, हकप्रद शेयर निष्काशन भएका १० कम्पनीहरु यी हुन्
सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको ४ बराबर १ अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला भईरहेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ३८ लाख ४३ हजार ३ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकले हकप्रद शेयर निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको २५ प्रतिशत हकप्रद शेयरमा फागुन २४ गते सम्मका लगानीकर्ताहरुले २०७४ वैशाख २७ गतेसम्म आवेदन दिन पाउने छन् ।
लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई एक बराबर एक अर्थात शत प्रतिशत हकप्रद वैशाख निष्काशन गरेको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बैंकको उक्त हकप्रद शेयरमा जेठ ७ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद शेयरको लागि चैत १७ गतेसम्मका लगानीकर्ताहरुले आवेदन दिन पाउनेछन् । लक्ष्मी बैंकले ३ अर्ब १५ करोड ९० लाख ३० हजार ३०० रुपैयाँको ३ करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद शेयर जारी गरेको हो ।
नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंकले शेयर धनीलाई १० बराबर ८ अर्थात ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीको शेयरमा लगानीकर्ताले जेठ १० गतेसम्म आवेदन दिन पाउने छन् । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८८० रुपैयाँको ३ करोड २० लाख ९४ हजार भन्दा बढी कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले १० बराबर ३ को अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद शेयर निष्काशन गर्न गरेको हो । बैंकको हकप्रद शेयरमा लगानीकर्ताले जेठ २१ गते सम्म आवेदन दिन सक्नेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडको १० बराबर २ दशमलव ३७ हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला भइरहेको छ । बैंकको उक्त हकप्रदमा चैत २८ गतेसम्मका शेयरधनीले आवेदन दिन सक्नेछन् । आवेदन निष्काशन तथा बिक्रीबन्द जेठ १० गते हुने बैंकले जनाएको छ । बैंकले प्रतिशेयर १०० रुपैयाँको दरले १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड
जनता बैंकसँग मर्जमा जान लागेको सिद्धार्थ डेभलपमेण्ट बैंकले लगानीकर्तालाई १० बराबर ६ को अनुपातमा अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकको उक्त हकप्रद शेयरमा फागुन १८ गतेसम्मका लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । आवेदन जेठ १० गतेसम्म दिन सकिने बैंकले जनाएको छ । हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंकको ७० प्रतिशत हकप्रद शेयर निष्काशन भएको छ । बैंकले चैत २९ गतेसम्मका लगानीकर्तालाई १० बराबर ७ कित्ता अनुपातको हकप्रद वितरण गर्नलागेको हो । बैंकले नेष्काशन गरेको उक्त हकप्रद शेयरमा लगानीकर्ताले जेठ १७ गतेसम्म आवेदन दिनसक्ने छन् । बैंकले ९० करोड ७६ लाख २९ हजार ६ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार २६६ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले हकप्रद शेयर निष्काशनको लागि एस क्यापिटललाइ बिक्रि प्रबन्धक तोकेको छ ।
टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड
टुरिजम् डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद निष्काशन तथा बिक्री भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरको ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद जारी गरेको हो । बैंकले निष्काशन गर्न लागेको उक्त हकप्रदमा वैशाख १७ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको हकप्रद बिक्री प्रबन्धकमा श्री एनआईबिएल क्यापिटल मार्केट रहेको छ ।
तिनाउ विकास बैंक लिमिटेड
तिनाउ विकास बैंकले १० बराबर ३.५ हकप्रद शेयर निष्काशन गरेको छ । उक्त शेयरमा लगानीकर्ताले जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार ६०९ रुपैयाँको ११ लाख ९४ हजार ७९६ कित्ता शेयर निष्काशन गर्ने लागेको हो । बैंकले हकप्रद निष्काशनको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । बैशाख ५ गते सम्म कायम शेयरधनीले मात्रै बैंकको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड
डिप्रोक्स लघुवित्त विकास बैंकले लगानीकर्तालाई १ बराबर १ अनुपातमा अर्थात शत प्रतिशत हकप्रद शेयर निष्काशन तथा विक्री खुल्ला गरेको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा वैशाख २५ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको २५ लाख ७९ हजार २ सय ३८ दशमलव ४५ कित्ता हकप्रद शेयर जारी गरेको हो । उक्त हकप्रद शेयरमा फागुन १ गतेसम्मका लगानीकर्ताहरुले आवेदन दिनसक्ने छन् ।