नागरिक पोष्ट News


के भन्नुहुन्छ ? राजतन्त्र ल्याउने खेल, ज्ञानेन्द्र, चोलेन्द्र र ओलीको ‘ग्राण्ड डिजाइन’ भन्ने कु

3.4K
 सर्बोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग अगाडि नबढाउन भन्दै सरकारलाई अन्तरिम आदेश दिएको छ ।

स्रोतका अनुसार न्यायाधीश चोलेन्द्रशम्सेर जबराले राजाबादीहरुको डिजाइनअनुसार सरकारलाई महाअभियोग अगाडि नबढाउन भनेर आदेश दिएको खुलासा भएको छ ।

जबराले कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीमार्फत मुद्दा आफ्नो बेन्चमा फाल्न लगाएर कार्कीको पक्षमा फैसला गरेको बुझिएको छ । यद्यपी कामु पराजुलीले यसअघि उनले यस्तो फैसला गर्लान भन्नेसम्म थाहा पाएका थिएनन् । Image result for gyanendra talmel

यसरी भयो कार्कीको पक्षमा फैसला

नेपालमा जतिपनि जबराहरु छन्, तीमध्ये करिब ९० प्रतिशत अझै राजबादी छन् । चोलेन्द्रशम्सेर पनि राजाबादी हुन् ।

यो घटना हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको ठूलो हात रहेको खुलेको छ । आज विहान मात्रै महाअभियोगको विषयमा पूर्वराज ज्ञानेन्द्र शाह र ओलीबीच फोनमा कुराकानी भएको छ ।

जसमा ज्ञानेन्द्रले ओलीलाई महाअभियोगको मुद्दा फैसला चोलेन्द्रको बेञ्च मार्फत गराउने वातावरण मिलाउन सुझाव दिएका थिए । सोहीअनुसार आज चोलेन्द्रशम्सेरले हरेक उपाय लगाएर आफ्नै बेञ्च मार्फत कार्कीको पक्षमा फैसला गरे ।

कार्कीको पक्षमा फैसला भएमा सरकार नैतिक संकटमा पर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने र आफूअनुुसारको सरकार बनेमा खेल्न सकिने र राजतन्त्र फर्काउन सकिने योजना बनेको छ । प्राप्त सूचनाअनुसार अहिले राप्रपा पनि ओली गठबन्धनमा आउनुको पछाडिको कारण पनि यहि हो ।

को हो प्रमुख योजनाकार ?

पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझीले यो सबै वातावरण मिलाउने काम गरेका छन् । उनी कमल थापाका सम्धी पनि हुन् ।

उनले आजै विहान ज्ञानेन्द्र र ओलीलाई फोन गरेर यो सबै योजना सुनाएका थिए । सोहीअनुसार ज्ञानेन्द्र र ओलीबीच कुराकानी भएको थियो । रायमाझी राजा पक्षधर हुन् भने कमल थापा पनि राजाबादी पार्टी हो ।

उनी कार्कीलाई बोकेर राजतन्त्र फर्काउने वातावरण मिलाइरहेका छन् । राप्रपाले पनि यही डिजाइन अनुसार सरकारबाट राजीनामा दिएको अहिले खुल्न आएको छ । एमाले र राप्रपा गठबन्धन बन्नुमा पनि यहि कारण हो । Image result for gyanendra shah

संविधान असफल बनाउने खेल

कार्कीलाई पुनः सर्वोच्चमा फर्काउन सकेमा राजतन्त्र फर्काउने योजना सफल हुने विश्वास ज्ञानेन्द्र, ओली र चोलेन्द्रशम्सेरहरुको छ । यसमा रायमाझीले समन्वयकारी भूमिका खेलिरहेका छन् ।

महाअभियोग असफल पारेपछि प्रचण्डले राजीनामा दिने, स्थानीय निर्वाचन पनि हुन नसक्ने र संविधानअनुसार चुनाव हुन नसकेपछि संविधान स्वतः खारेज हुने छ । यहि अवस्था सृजना गर्नका लागि उनीहरुले यस्तो योजना बनाएको स्रोतको दाबी छ ।

कामु प्रधानन्यायाधीशले निर्णय खारेज गर्दै

कामु प्रधानन्यायाधीश पराजुलीले कार्कीको पक्षमा भएको फैसलालाई खारेज गर्दैछन् ।

उनलाई झुक्याएर चोलेन्द्रशम्सेरले कार्कीको पक्षमा फैसला सुनाएपनि पराजुलीले आज साँझ वा अर्को दिन कार्यालय खुल्ने वित्तिकै निर्णय खारेज गर्ने तयारी गरेका छन् । -श्रोत:नेपालपाना

 

Must View