३१ गते सार्वजनिक विदा, वैशाख २८ देखि ३१ सम्म सरकारी कार्यालय बन्द हुने
10.2K
शैक्षिक संस्था भने बैशाख २५ देखि नै बन्द
सरकारले पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने क्षेत्रमा बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार बैशाख २५ गतेदेखि ३१ गतेसम्म पहिलो चरणको चुनाव हुने जिल्लाहरुमा शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरेको छ । साथै निर्वाचन आयोगले पहिलो चरणको स्थानीय निर्वाचन हुने तीन प्रदेशका सरकारी कार्यालयमा वैशाख २८ गतेदेखि बिदा दिन सरकारसँग प्रस्ताव गरेको छ। आयोगको प्रस्तावपछि सरकारले शैक्षिक संस्था र सरकारी कार्यालयमा बिदा दिने निर्णय गरेको हो।