विकासको राजनीति नारा बोकेर गोरखाको भीमसेन गाउंपालिका प्रमुखमा किशोर प्रसाद उठेपछि
7.7K
पहिलो चरणको स्थानीय निर्वाचनको लहर नेपालका ३४जिल्लामा रौनकका रुपमा छाउदै गर्दा गोरखा जिल्लाको भीमसेन गाउंपालिकाको प्रमुखमा गोरखाघाट बेसी निवासी सवैभन्दा पुराना तथा अग्रज व्यक्तित्व किशोर प्रसाद ढकालले उम्मेदवारी दिएका छन्।
राप्रपा बाट टिकट पाएर राप्रपावाट भीमसेन गाउंपालिकाको प्रमुख पदमा बैशाख १९ गते विकासका राजनीति नारा बोकेर उम्मेदवारी दर्ता गराएका ढकाल आफ्नो विजय प्रति निक्कै आशावादी देखिएका छन्।सामाजिक रुपमा उच्च तथा स्वच्छ छबि बनाएका ढकालको उम्मेदवारीले भीमसेन गाउंपालिकामा निर्वाचनको बेग्लै लहर छाएको स्थानीयको भनाई रहेको छ।
हाम्रालाई होइन, राम्रालाई विजयी बनाउनुपर्छ माहोलले गोरखा भीमसेन गाउंपालिकाको प्रमुखमा किशोरीप्रसाद ढकालले विजयका लागि स्थानीयबासीले अपिल समेत गरेका छन् ।