नागरिक पोष्ट News


वहालवाला डिआइजी सिलवाल बीएण्डबी अस्पतालबाटै कता हराए ?

4.1K
 कार्यसम्पादन मूल्यांकन फाइल (कामसु) किर्ते गरेको अभियोग लागेका डिआइजी नवराज सिलवाल उपचाररत अस्पतालबाटै वेपत्ता भएका छन् । आइजीपी नियुक्ति प्रकरणमा सिलवालले कामसु किर्ते गरेको भनि छानबिन भइरहेको सन्दर्भमा प्रेसरको बिरामी भएको भन्दै एक सातायता ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत सिलवाल आइतबार साँझदेखि एकाएक वेपत्ता भएका हुन् ।

प्रहरी स्रोतका अनुसार सिलवाल निवासमा छैनन् भने रातभर बालकुमारीस्थित निवासमा प्रहरी परिचालन गरिएको छ । तर, सोमबार बिहानसम्म सिलवाल घरमा नपुगेको प्रहरी स्रोतले बतायो । डिआईजी सिलवालले बोक्ने मोबाइलसमेत अहिले अफ गरिएको छ । अस्पताल स्रोतका अनुसार अस्पतालको ३०७ नम्बरको बेडमा रहेका सिलवाल एकाएक बाथरुम जान लागेको भन्दै अस्पतालबाट बाहिरिएका थिए । उनी अस्पतालबाट नाटकीय ढंगले बाहिरिएसँगै पछि सिलवालकी श्रीमती सिर्जना सिलवाल र भाई महसेनानी सुदर्शन सिलवाल डिस्चार्ज पेपर लिन अस्पताल पुगेका थिए ।

Must View