किन ९९ प्रतिसत नेपालीलाई सेक्स गर्न आउँदैन ? मनोविज्ञ करुणा
नेपलमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, यात त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय ।
यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् । १२ बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन– अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । शहरी क्षेत्रमा महिला–पुरुष सेक्समा उदार हँुदैछन् – सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनाै । नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण – उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपाइले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला । यसको मूल कारण नै उनीहरुमा भएको सेक्स प्रतिको बितृष्ण हो । जव कि नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो । (अश्विनी कोइरालाले लेखेको पुस्तक सान्दर्भिकताको हिसावमा साभार गरिएको हो)