सेना हाई अलर्टमा: प्रधानन्यायाधीशमाथि महाअभियोग र गृहमन्त्रीको राजीनामापछि
2.9K
काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग र गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि नेपाली सेना ‘हाई अलर्ट’मा बसेको छ । सैनिक मुख्यालय जंगी अड्डाले आइतबार अपराह्न एकाएक भएको राजनीतिक घटनाक्रमपछि सम्भावित अप्रिय घटनालाई ध्यानमा राख्दै मातहतका निकायहरुलाई हाई अलर्ट भएर बस्न निर्देशन दिएको स्रोतले बतायो ।
देशभर उच्च सुरक्षा सतर्कता
गृहमन्त्रीको राजीनामापछि सरकारले मुलुकभर सुरक्षा सतर्कता अपनाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमको मौकामा कुनै अप्रिय घटना नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाएको स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयले सबै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ । प्रधान न्यायाधीमाथि महाभियोग दर्ता, गृहमन्त्रीको राजीनामा लगायतका उच्च राजनीतिका घटनाक्रमपछि सरकारले सुरक्षा सतर्कता अपनाएको हो ।