नागरिक पोष्ट News


के स्वास्नी मान्छेको पाठेघर विर्य बोक्ने ”झोला” मात्र हो ?

5K
 सम्पदा रिजाल “झोला”

हजारौं स्पर्मको म्याराथन जितेर ओभम छेडेपछी सुरु भएको हो तिम्रो बहादुरीको यात्रा !

तिम्रै नामको लालपुर्जाले मात्रै नापिन्छ मेरो पाठेघरको उचाई !

संस्कारका भुत्ते कानहरुले तिम्रै अधिकारको हेयरिङ एड बाट मात्रै सुन्छन मेरो गर्भको धड्कन !

तिम्रो स्वामित्वको प्रमाणबिना काटिएनन अँह काटिएकै छैनन प्रसबका सालनालहरु!

भर्खरै जन्मेको नवजात शिशु कंगारूझ‌‌ैं छातीमा चेपेर युगाैंदेखी बारबार सोध्दैछु महाशय!

के स्वास्नीमान्छेको पाठेघर तिम्रो विर्य बोक्ने झोला मात्र हो ???

-फेसबुकमा भाइरल भएको सम्पदा रिजालको कविता ”झोला”

Must View