लौन ! जीवन साथी चाहियो
5K
यात्रा त छोटो नै मिठो भनिन्छ !
जिन्दगी त लामो छ, अनि यात्रा ?
झन लामो झन बिरक्त सम्झियो भने
मिठो लाग्छ यही जिन्दगी, जिउन जानियो भने
कुरुती अनि अन्धबिश्वास भरिएको हाम्रो समाज
अनि जिउनु छ यही समाजमा, अनि चाहिन्छ मलाई छोरी
भन्छन्, तिमीसँग त छोरा छ, किन चाहियो छोरी ?
मैले भने, मलाई जिउन छ, त्यही भएर साथीे चाहियो छोरी
सुने, छिमेकी साथीको दुइवटा छोरी मात्र छन् रे
अनि,उ सँग धेरै दबाब, धर्म, अन्धबिश्वासका कुरा पनि छन् रे
तर सवै, समाजले नै दिएको,
मन्दिर धाउन थालिन र ब्रत जप सबै गरिन र गर्ब बस्यो
तर अफसोस, छोरी नै
लगेर फालिदेउ भने, उनकै सासुससुराले रे
छोरा र छोरी जन्मिने ब्यथा अलग लाग्दो रहेछ, मैले बुझे
छोरा बिनाको समाज, अपुरो लाग्दो रहेछ त्यो पनि बझे ।
यही समाजमा जन्मे, यही समाजमा हुर्किए, संस्कारलाई आत्मासाथ गरे ।
अपुरोहोस् तर मलाई मिठो जिन्दगी जिउन छ
त्यसैले त मलाई जीवन साथी चाहियो एउटा छोरी ।