सुत्ने तरिका ठिक छ ? सुतेकै बेला मृत्यु हुनुको कारण सुत्न नजान्नु पनि हो !
शयनले नै दिनभरको थकानलाइ मेटाएर तनावदेखि मुक्ति दिलाउँछ । निदाएको बेलामा हाम्रो शरीरमा पुनः शक्ति संचित हुन्छ । यो कुरा स्पष्ट हो कि निद्राले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यसँग गहिरो सम्बन्ध राखेको हुन्छ ।
सोही कारण हाम्रा ऋषिमुनीहरुले शयनको विषयमा कतिखेर कसरी सुत्दा राम्रो आनन्दका साथ निद्रा लिन सकिन्छ यस विषयमा बताएका छन् । सन्ध्याकालको समयमा सुत्नु हुँदैन । सुत्नेबेलामा गोडा दक्षिणतर्फ गर्नु हँुदैन । रात्री भोजन पच्छात् तत्काल शयन गर्नु हँुंदैन । उक्त नियम शयन सम्बन्धी निर्देशन शास्त्रले दिएको छ ।
सिरानीले पनि मनुष्यको आयुसँग सम्बन्ध राख्ने गर्दछ । उत्तर सिरानी गर्नाले आयुको क्षय हुन्छ । स्कुल जाने वा पढ्ने विद्यार्थीका लागि पूर्व तर्फ सिरानी गरेर सुताउनाले सकारात्मक उर्जा, स्मरण शक्तिको वृद्धि र शिक्षाको क्षेत्रमा राम्रो सफलता प्राप्त हुने गर्दछ । प्रौढ व्यक्ति वा व्यवसायी वर्ग दिनभरीको चिन्तादेखि मुक्त रहन दक्षिण सिरानी गरेर सुत्दा राम्रो हुन्छ । यात्राकालमा पश्चिम सिरानी गरेर सुत्नु राम्रो हुन्छ । अनिद्रा, तनाव आदि रोगले पीडित वृद्ध व्यक्तिहरुका लागि सदैव दक्षिण सिरानी उत्तम मानिन्छ ।
सुत्नु भन्दा पहिले मधुर संगीत भजन सुन्नु, सद्साहित्य पढ्नाले राम्रोसँग निदाउन सक्दछ । कम्प्युटर मोबाइल तथा टेलिभिजनबाट निस्किने किरणहरुले निद्रामा असर पु¥याउने हुँदा शयन पूर्व एक घण्टा पहिले यी उपकरणहरु बन्द गर्दा राम्रो हुन्छ । राती सुत्दा छिटो निद्रा नलाग्ने समस्या भएका मानिसहरुले मोबाइल टेलिभिजन जस्ता साधनहरु सुत्ने कक्षमा राख्नु उचित मानिँदैन ।
छिटो सुत्नु र छिटो उठ्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । पूर्व वा दक्षिण दिशा सिरानी गरेर सुत्नु विज्ञान सम्वत मानिन्छ । यस प्रक्रियाले अनेकौं बिमारीदेखि टाढा राख्दछ । सौर्य जगत धु्रवसँग आधारित छ । हाम्रो मानव शरीर पृथ्वीको समस्त चुम्बकीय तरङ्गबाट प्रभावित हुन्छ ।
स्वयं मानव शरीरले पनि सूक्ष्म चुम्बकीय तरङ्गहरुलाई विकिरण गर्ने गर्दछ । यसरी पृथ्वी र शरीरको चुम्बकीय धु्रवहरुबीच विकषर्ण हुन नदिने गरी सुत्ने तरिका नै दक्षिण सिरानी गर्नु हो किनभने चुम्बकीय तरङ्हरु दक्षिणबाट उत्तरतिर प्रवाहित हुने गर्दछन् । मनुष्य उत्तर सिरानी गरेर सुत्यो भने मनुष्यको चुम्बकीय तरङ्ग र पृथ्वीको चुम्बकीय तरङ्ग बीचको सम्बन्ध टुट्न जाने हुन्छ ।
सोही कारण उत्तर सिरानी गर्दा हृदयरोग लगायतका अन्य स्वास्थ्य समस्या हुने प्रवल सम्भावना रहन्छ । यस विपरीत दक्षिण सिरानी गरेर सुत्दा शिरबाट भएर गुरुत्वाकर्षण दक्षिणबाट उत्तरतिर प्रगतिशील विद्युत प्रवाह हाम्रो शिरबाट प्रवेश गरेर गोडातर्फबाट निस्केर जान्छ । यो प्रक्रियाले गर्दा भोजन सजिलै पच्ने र बिहान उठ्दा मस्तिष्क विशुद्ध भएर विद्युत् परमाणुहरुबाट परिपूर्ण तथा स्वस्थ रहन्छ । सोही कारण दक्षिण सिरानी गर्नु प्रकृति सम्मत पनि हो ।
धार्मिक ग्रन्धहरुमा दक्षिण दिशाका अधिष्ठाता यमराजलाई मानिन्छ । यदि दक्षिण गोडा गरेर सुत्यो भने यमलोक जाने तैयारी हो भन्दा पनि फरक नपर्ला । यसको विपरीत उत्तर दिशाको मालिक कुवेरलाई मानिन्छ र कुवेर धनका देवता हुन् । उत्तरतिर गोडा गर्नाले कुवेरको दृष्टि व्यक्ति माथि पर्ने र धनधान्यले सम्पन्न हुने विश्वास रहेको छ ।
तपाई आफ्नो श्रीमान वा श्रीमति अथवा प्रेमी वा प्रेमिकासँग कसरी सुत्नुहुन्छ? सुत्ने तरिकाले तपाईको सम्बन्धको निर्धारण गर्छ।
केहि सुत्ने तरिकाहरू र त्यसले कसरी सम्बन्धको निर्धारण गर्छ भनेर केहि तस्विरहरू हेर्नुहोस्।
१. भिरको किनारा ओच्छ्यानको दुई किनारामा दुईजना एकअर्काको उल्टो फर्किएर सुत्नुहुन्छ भने बुझ्नुहोस् तपाईको सम्बन्धमा दूरी आइरहेको छ। अथवा दुवैजनालाई गहिरो निन्द्राको जरुरी छ भन्ने पनि जनाउँछ।
२. गङ्गटे पोजिसन
आफ्नो ओच्छ्यानमा विभिन्न स्थितिमा एकअर्कालाई नछोई सुत्नुहुन्छ भने एकजनालाई घनिष्ठता र अर्कोलाई स्वतन्त्रता चाहिएको बुझिन्छ।
३. नेतृत्वपना पुरुष र महिला दुवै ढाडको सहाराले सुत्ने र महिलाको टाउको पुरुषको काँधमा छ भने महिला पुरुषमा निर्भर छ भन्ने बुझिन्छ।
४. सिरानी वार्ता एक-अर्काको आम्नेसाम्ने तर नछोई सुत्नुहुन्छ भने तपाईहरूमा वार्ता र सम्पर्कको कमी छ भन्ने बुझिन्छ।
५. कलिउड पुरुषको छात्तिमाथि महिलाको टाउको राखेर सुत्नुहुन्छ भने त्यो नयाँ सम्बन्ध सुचारु हुँदै छ भन्ने बुझिन्छ।
६. प्रेमको गाँठो आम्नेसाम्ने अनि एक-अर्काको खुट्टा आङ्कुसि पारेरा सुत्नुहुन्छ भने त्यो सम्बन्ध सुमधुर भएको र यौन कार्यमा समावेश भएको भन्ने बुझिन्छ।
७. स्वतन्त्रता एक-अर्काको उल्टोपट्टि फर्केर तर नछोई सुत्नुहुन्छ भने त्यो सम्बन्ध एक-अर्कामा निर्भर नभएको जनाउँछ।
श्रोत: नेपाली हेडलाइनस उज्यालो अनलाइन