नागरिक पोष्ट News


ह्विल चियरका साथ अपांगताको साझा मुद्दालाई बोकेर चन्द्रागिरी नगरपालिकाको मेयरमा निलकण्ठ

9.1K
 ह्विल चियर चुनाव चिन्ह लिएर चन्द्रागिरी नगरपालिका काठमाडौंमा निलकण्ठ पौडेल

निलकण्ठ पौडेल अबोध उमेरमै अपांग बन्नुपर्यो । जीवनका धेरै आरोह अवरोह भोगेका निलकण्ठ पौडेल अपांगको साझा मुद्दालाई बोकेर सामाजिक क्षेत्रमा क्रियाशील रहे । अरूको नजरले जे सोचे देखे पनि आफूलाई कहिल्यै कमजोर र असहज नठान्ने पौडेलले  ‘सपनामा पनि अपांग देख्न छोडिसकेँ । अहिले उनलाई एउटै चिन्ताले सताएको छ जुन हो, अपांगहरूलाई पनि अरू सरह सक्षम र  अगाडि बढाउने ।

अपांगमैत्री समाजका लागि शरीर होइन बिचार र सोचले अगाडी बढ्न जरुरी देखे  राजनीतिक दलले ‘युज एन्ड थ्रोु गरेको तीतो अनुभव छ चुनावको समयमा घरैबाट उठाएर जुस खुवाउँदै लैजान्थे, भोट खसालेपछि लगेकै ठाउँमा छोडेर भाग्ने गरेको । अपांग भएका व्यक्तिहरूले पनि अरूका लागि सोच्न र गर्न सक्छन् भन्ने सन्देश राजनीतिबाटै

 दिन चाहेका पौडेलले अपांगमैत्री ‘आम नेपाली पार्टी स्थापना गर्नुपरेको बताए ।

पार्टीले २० जिल्लामा शाखा विस्तार गरिसकेको छ र पनि निर्वाचन आयोगले उनीहरूलाई स्वीकृति दिएन । त्यसैले निलकण्ठ चन्द्रागिरि नगरपालिकाबाट स्वतन्त्र उम्मेदवार भएर उठ्दैछन् । उनी भन्छन् ‘यो मुलुक अपांगहरूको पनि हो । विकास निर्माणका काममा बालबालिका, महिला र अपांगहरूलाई सँगै नलगेसम्म दिगो विकास हुन सक्दैन । 

 बाटोमा निर्धक्कसँग सेतो छडी लिएर हिँड्ने अनि ह्विलचियर लिएर आरामले हिँड्ने संरचनाको परिकल्पनामा छन् ।

नेपालमा राष्ट्रिय अपांगता कोष स्थापनाको योजनामा पौडेल छन् ।  राज्यका हरेक निकायमा अपांगता भएकालाई राजनीतिक अधिकार दिन संविधानले नै ग्यारेन्टी गरे पनि राज्यले आफ्नो सहभागिता नस्वीकारेको उनको गुनासोे छ ।

दिगो विकासका लागि स्थानीय निकायको चुनावमा अपांगहरूलाई अवसर दिनुपर्ने उनको माग छ ।  २०६४ सालमा डिग्री पढ्न शंकरदेव क्याम्पसमा आएका पौडेलले न्यु होराइजन कलेज बुटवलबाट स्नातक तह सकाएका हुन् । प्राथमिक तहसम्म अध्ययन गर्दा उनलाई दिदीहरूले बोकेर स्कुल लैजान्थे । उनी स्कुलमा सधै प्रथम हुन्थे । उनले करिब १५ वर्ष अपांगता क्षेत्रमा काम गरिसकेका छन् ।

 

Must View