काठमाडौं महानगरभित्रै कांग्रेसलाई हराउने खेल यसरी हुदैछ ! चेतना भया !!
स्थानीय चुनावको माहोलको गरमा गरमी चर्किरहेको बेला महानगर काठमाडौमा नेपाली काँग्रेसभित्रको एक फोहोरी राजनीतिक खेल शुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३ मा भएको क्षेत्र नं ५ का क्षेत्रीय सभापतिको बदनियतपूर्ण व्यवहारले सो कुराको पुष्टि गराएको राजेश अधिकारीले बताएका छन् । राम्रोलाई होइन हाम्रोलाई भन्ने कुराको पुष्टि काठमाडौं क्षेत्र नं ३ का एक मात्र दाबेदार व्यक्तित्व राजेश अधिकारीको नाम मेटाएर बिदुर कार्कीलाई सिफारिस गर्नु क्षेत्र न ५ का क्षेत्रीय सभापति रमेश खड्काकोे बेइमानी राजनीति भएको आरोप स्थानीय तथा नेपाली कांग्रेसका सक्रिय व्यक्तिहरुले नै लगाएका छन् । महानगर क्षेत्र नं ३ का दुई सय भन्दा बढी सक्रिय सदस्यहरुले एक नम्बरमा सिफारिस गरेका व्यक्ति राजेश अधिकारीको सामाजिक, राजनीतिक र बौद्धिक प्रोफाइललाई धमिल्याउने काम भएको छ, जसबाट नेपाली काँग्रेसको स्थानीय आधार इलाका भत्काउने र बिपक्षीलाई सजिलो बनाउने काम भएको छ । यो कहाँसम्मको राजनीतिक बेइमानी हो, बी.पी. को प्रजातान्त्रिक पथलाई नै समाप्त गर्ने काम के पैसा र दादागिरीले सम्भव छ यसको प्रतिउत्तर नेपाली कांग्रेसका सच्चा अगुवाहरुले नै खोजिरहेका छन् ।
बिदुर कार्कीको प्रोफाइल कस्तो हो भन्ने कुराको पुष्टि साँघु पत्रिकामा प्रकाशित लेख सरकारी जग्गा कब्जा गरेर अबैधानिक टहरा निर्माण, घरजग्गाको कमिशन खाने, गंगालाल मुटु अस्पतालको नाममा रहेको जमिन कब्जागरी सामाजिक संस्था खोलेको नाऊँमा परीवार नियोजनको शाखा कार्यालयलाई भाडामा राखि पैसा उठाउने लगायतका थुप्रै सामाजिक र जनहित बीपरितकाका कामले गरेको छ । यस किसिमको बिचारको राजनीतिलाई निस्तेज पार्ने कामले नेकपा एमालेलाई सहयोग पुग्ने देखिन्छ । एमालेका महासचिबले कामनपा ३ हाम्रो खामो र बुढानिलकण्ठ छानो भन्ने नारा दिएको ठाँऊमा स्थानीय समाजले राजेश अधिकारीलाई खोजिरहदा किन र कसका लागि कमजोर उम्मेद्वार उठाईदैछ ? यसको प्रष्ट जवाफ स्थानियले कांग्रेस केन्द्रको जवाफ खोजिरहेका छन् । अझै केही बिग्रिएको छैन केही समय बाँकी छ, यसका लागि काँग्रेसको केन्द्रले बेलैमा यस किसिमको गम्भीर त्रुटिलाई हटाउन तत्काल क्षेत्रीय सभापतिको निर्णय सच्याउन जरुरी छ । होइन भने महानगरमा कांग्रेसको स्थान र भविष्य कहाँ पुग्छ भनिराख्न पर्दैन किनकी विगतका स्थानीय चुनावका परिणमहरुले पनि बताइसकेको छ । पछि विश्लेषण गरेर केही अर्थ छैन । अहिले बेलैमा कांग्रेसका केन्द्रिय नेताहरुले स्थानीय माहोल अनुसारको सक्षम व्यक्तिलाई रोजी अगाडी बढाउन चुक्नुहदैन ।
को हुन् ? राजेश अधिकारी काठमाडौं क्षेत्र नं ३ का प्रजातान्त्रिक अगुवा अनुयायी र स्थानीयको रोजाईमा छन् समाजसेवी, बौद्धिक सक्षम वी.पी.को बाटो अगाल्ने प्रजातान्त्रिक धारमा हिड्न र हिड्न सिकाउने व्यक्ति राजेश अधिकारी । कांग्रेसका प्रमुख नेताहरुलाई राजेश अधिकारीको ध्यानाकर्षण अपिल यस्तो छ :आदरणीय नेता ज्यु ,
२०४५ साल माघ ५ गते नेबिसंघको सदस्यता लिएर २०५३ सालमा केन्द्रिय सदस्य २०५४ देखि तरुण पूर्णकालिन सदस्य हुदै १२औं मा ईकाई सभापति र १३औं मा महाधिबेशन प्रतिनिधिका हैसियतले कृयाशिल मलाई कामनपा ३ को वडा अध्यक्षको उम्मेद्वार बन्न सबै प्रकृया पुग्दा पनि काठमाण्डौं क्षेत्र नं ५ का सभापतिले सिफारिस गरेनन्, किन ? राष्ट्रिय बहस चलोस्। एनेकपा एमालेका महा सचिबलेूकामनपा ३ हाम्रो खामो र बुढानिलकण्ठ छानो भन्ने नारा दिएको ठाँऊमा समाजले मलाई खोजिरहदा किन र कस्कालागि कमजोर उम्मेद्वार उठाईदैछ स्थानिय जवाफ खोजिरहेछन् , कांग्रेसको निर्णय कुरिरहेछन्। जय नेपाल !
क्षेत्रिय सभापति रमेश खड्काले सिफारिस गरेका बिदुर कार्कीको प्रोफाइल यस्तो छ,अण्डर एसएलसी, घरजग्गा मिलाएर कमिशन खाने, गंगालाल मुटु अस्पतालको नाममा रहेको जमिन कब्जागरी सामाजिक संस्था खोलेको नाऊँमा परीवार नियोजनको शाखा कार्यालय लाई भाडामा राखि पैसा खाईरहेको। यसै संस्था बाट गंगालाल अस्पतालमा बिरामीलाई रगत आबश्यक परेमा रगतमा दलाली गरी जीवन धानिरहेको। फोटोमा देखाएको खबर साँघु साप्ताहिकमा २०७२ साल चैत्र १ गते प्रकाशित, यस बारे ७ जना छिमेकीसंग अझैं मुद्धा चलिरहेको छ। यस्तो ब्यक्तिले नेपालको संबिधानको अनुसूचीले दिएको अधिकार जनतालाई डेलिभरी गर्न सक्छ ? कांग्रसका नेताहरुको गम्भीर ध्यानकर्षण हुन जरुरी छ।