गजल ! सम्झनामा आमा !!
8.4K
एउटा बर्को लिएर अाउँथेँ माता तिर्थ अौँशीमा।
बाटो हेर्दै कुर्दै होलिन् मेरी अामा अझैँ कौशीमा।।।
खोटो रहेछ भाग्य मेरो प्रवासिनु पर्यो आज। घरको यादले सताउछ आमा दसै तिहार द्यौसीमा।।
कस्ती भइन होला उनी नदेखेको धेरै भयो। रुझ्दै होलिन आज पनि मेरी आमा बलेसीमा।।
आमा छोरी संगै मिलि जाउला हामी दर्शन गर्न। डांडा पारी देउरालीको त्यो मंदिर त्यो हलेसीमा।।
माया ममता बाचुन्जेल मरिलानु के नै छ र।
आफ्नो पराइ बिलाइ जाने जिन्दगी यो ढलेसीमा।।
( सानी स्मृति ) - कंडेल स्मृति