हामीले सडक सभ्यता कहिले सिक्ने ? सार्वजनिक यातायात चढ्दाको कथा-व्यथा
- नरेन्द्र चुदाली
देशको राजधानीका सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुले सहचालकबाट राम्रो व्यवहार विरलै पाइन्छ । यदी यात्रा गर्दा त्यस्तो सभ्य व्यवहार पाईयो भने त्यो निकै खुशिको कुरा हुन्छ । र त्यो उदाहरण बन्छ । यसबाट प्रष्ट हुन्छ कि देशको राजधानीका सडकहरुमा मानवियता, आतिथ्यता तथा सभ्यता कती विकराल रुपमा स्खलित भएको छ भनेर । राजधानिमा चल्ने अधिकाशं सवारीसाधनमा यात्रा गर्दा राजधानीबासी जनताहरुले दुरव्यवहार सहन बाध्य हुनु परेको छ।
हामीले सिक्नुपर्ने सडक सभ्यताक त अव्यवस्थित सवारी व्यवस्था त्यसमाथी पनि चालक तथा सहचालकको असहयोगी र पाखण्डी व्यवहारले काठमाण्डौका सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुले आफुलाई अपमानित महसुस नगरेको सायदै छैन होला । घरबाट कार्यक्षेत्रमा निस्कीएपछि आत्मसम्मानमा ठेस पर्ने ठाउँ भनेकै सार्वजनिक यातायात भएका छन्। त्यहाँका चालक तथा सहचालको बोली तथा व्यवहारमा यति रुखो हुन्छ कि यात्रुहरु प्रतिवाद गर्ने आवश्यकता नै ठान्दैनन्। किनकि यस्ता घटना सामान्य मात्रामा हुने भएको भए प्रतिवाद गर्न सम्भव हुन्थ्यो। तर सहचालको रुखो व्यवहार अधिकाशं सवारीमा छ ,राम्रो व्यवहार हुने सवारीसाधन विरलै छन्। त्यसैलेपनि यात्रुहरु प्रतिवाद गर्नुनै बेकार ठान्छन् । अनि काठमाण्डौको सभ्यतानै सायद यहि नै हो कि भनेर निरीह बन्न बाध्य छन्
काठमाडौंका सवारी साधनका सहचालकको व्यवहार देख्दा यस्तो लाग्छ कि सहचालक बन्न चाहिने योग्यता भनेकै धेरै भन्दा धेरै रुखो बोल्न सक्ने, असभ्य बन्न सक्ने , यात्रुलाई दुरव्यवहार गर्न सक्ने हो । किनकि त्यसको प्रमाण सडकमा गुडिरहेका सार्वजनिक यातायातका सहचालकहरुले यात्रुहरुलाई देखाउने तल्लो स्तरको व्यवहारबाट प्रष्ट हुन्छ । उनिहरु यात्रुहरुसंग राम्रो व्यवहार गर्नुपर्छ भन्ने आवश्यकता नै ठान्दैनन्। उनिहरुमा हामी नै सडकका राजा हाँै अनि गाडिमा चढ्ने यात्रु सबै रैती हुन भन्ने भ्रममा परेको हुनुपर्छ सायद। नत्र भने व्यापारमा भगवान रुपी ग्राहकहरुप्रती गर्ने उनिहरुको व्यवहार सभ्य हुन्थ्यो होला।