मातातीर्थे औंसी : मनै रुवाउने पशुपति बृद्धाश्रमको माहोल (फोटोफिचर)
आमा खुवाउने औँसी’ अर्थात ‘आमाको मुख हेर्ने दिन, पशुपतिस्थित समाज कल्याण केन्द्र परिसरमा रहेको बृद्धाश्रमको वातावरण कारुणिक र मनै कुढिने बन्यो । बृद्धाआश्रममा मानिसहरुको बिहानैबाट चहल पहल र घुइँचो लागेको थियो । हातहातमा मिठामिठा खानेकुराका पोका बोकेर पुगेकाहरु त्यहाँका बृद्धबृद्धालाई दिँदै आमाहरुको मुख हेर्न लालयित देखिन्थे । कोही त्यो माहोलमा रमेका थिए त कसैका अनुहार भने न्याउरा ‘मलिन’ देखिन्थे ।
- रातोपाटीको बिजु महर्जनको तस्वीरबाट
एकाएक यसरी बिथोलियो पशुपति बृद्धाश्रमको माहोल (फोटोफिचर)मातातीर्थे औंसीको धार्मिक विश्वास
नेपालीहरुले वैशाख कृष्णऔँसीका दिनलाई आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै आएका छन् । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।
मातातीर्थे औसीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
‘शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ,
कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।
जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि बैशाख कृष्णऔंसीको दिनलाई पुण्यतम पर्व मानिन्छ ।
यस दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ ।
बैशाख कृष्णऔंसीका दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ ।
द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो ।